दाङ, २४ साउन । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरीने बताउनुभयो । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिनुभएको थियो । आफुले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट बिनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिनुभएको छ ।
आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता संचालन गरीएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरु निर्माण गरीएपनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।