घोराही, २२ साउन । दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगिता भदौको तेश्रो साता हुने भएको छ । दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भदौको १७ गतेखि १९ गतेसम्म ३ दिन दाङको घोराहीमा प्रतियोगिता गर्न लागिएको आईतबार घोराहीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिता संयोजक एवम् दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरको अध्यक्षता तथा दक्षिण एशियाली हाप्किडो महासंघ अध्यक्ष कालीबहादुर घर्तीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि प्रतियोगिता बारे जानकारी गराईएको थियो ।
सो अवसरमा प्रतियोगिता बारे जानकारी जानकारी गराउँदै संयोजक बुढामगरले जिल्लाभरका ५४ विद्यालयबाट पाँच हजार खेलाडी सहभागी हुने बताउनुभयो ।
दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगितामा फाईट तर्फ महिला र पुरुष दुवैमा १२-१२ वटा तौल समुहमा प्रतिष्पर्धा हुनेछ ।
जस अनुसार, १५-२०, २०-२५, २५-३०, ३०-३५, ३५-४०,४०-४५, ४५-५०, ५०-५५, ५५-६०, ६०-६५, ६५-७० र ७० भन्दामाथि तौल समूहले स्पर्धा गर्ने उहाँले बताउनुभयो ।
यस्तै, प्रतियोगितामा डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिष्पर्धा हुने भएको संयोजक बुढामगरले बताउनुभयो ।
कोरियन मार्शल आर्ट्सबाट भित्रिएको हाप्किडोमा हाल देशभर ४६ हजार खेलाडी आवद्ध छन् । प्रतियोगितामा करिव १० लाखको खर्च अनुमान गरिएको छ।
विजेतालाई मेडल प्रमाण पत्रसहित वेस्ट प्लेयर महिला, पुरुष, टिम प्रथम, दोश्रो र तेश्रो तथा अनुशासित खेलाडी एवम् वेस्ट रेफ्रीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथि घर्तीले नेपालमा छोटो समयमा हाप्किडोको पहुँच बिस्तार हुँदै गएको बताउनुभयो ।
स्कुल तहबाट हाप्किडो खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण हुँदै आएको हुँदा देशलाई स्वस्थ्य नागरिक उत्पादनमा टेवा पुग्ने बताउनुभयो । यसअघि, जिल्ला स्तरीय, प्रदेश स्तरीय, राष्ट्रिय स्तरीय प्रतियोगिता तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार भईसकेको बताउँदै यसले दक्ष खेलाडी उत्पादन गर्न सघाउ पुगेको विश्वास व्यक्त गर्नुभयो । जसका कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रतिनिधित्व गर्दै खेलाडीहरुले थुप्रै स्वर्ण पदकसहित विभिन्न पदक जित्न सफल भएको बताउनुभयो । यस्तै, स्कुल स्तरबाटै अभियान चलाईएका होप्किडोमा दाङसहित देशभर ९ सय ३३ जना प्रशिक्षकले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।
विगत १५ वर्षको अन्तरालमा हाप्किडोले स्वस्थ नागरिक उत्पादनमा टेवा लिएको छ । केन्द्रीय संघ अन्तरगत सात वटै प्रदेशमा हाप्किडो समिति र ६० जिल्लामा हाप्किडो समिति गठन गर्दै दूरदराजका बालबालिकालाई पनि यसमा जोड्न निशुल्क रुपमा प्रशिक्षण हुँदै आएको बताउनुभयो । खेलमा दृढ ईच्छा भएका, प्रवल सम्भावना बोकेका तर आर्थिक स्थिति कमजोर भएका बालबालिकालाई विशेष प्राथमिकताका साथ निशुल्क हाप्किडो प्रशिक्षण गराउँदै आएको बताउनुभयो ।
आसन्न जिल्ला स्तरीय प्रतियोगिताले पनि प्रतिभावान खेलाडी पहिचानसँगै उत्पादनमा भुमिका खेल्ने उहाँको विश्वास छ । पत्रकार सम्मेलनको सहजीकरण प्रशिक्षक खलजीत बुढामगरले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।