प्रेम क्षेत्री/रोल्पा
नेपाल एक कृषि प्रधान देश हो । नेपालमा अझैपनि अधिकांश मानिस आफ्नो जीविकोपार्जनका लागि कृषि पेशामा आवद्ध रहेका छन् । कृषकहरुले विस्तारै परम्परागत खेती प्रणालीको विकल्पमा आधुनिक कृषि खेतीलाई जोड दिन थालेका छन् । कृषकले कृषिलाई जीविकोपार्जनका लागि मात्र नभएर अब उत्पादन र आत्मनिर्भरमुखी खेती प्रणाली अपनाएको सहजै देख्न सकिन्छ ।
पछिल्लो सयम मानिसहरु विभिन्न माध्यमबाट कृषि पेशालाई आत्मनिर्भरमुखी व्यावसायको रुपमा जोड दिँदै आएको पाइन्छ । देशमा स्थानीय तह गठन भएसँगै कृषकका लागि आधुनिक कृषि कार्यक्रमहरु थप प्रभावकारी बन्दै गएका छन् । स्थानीय तहहरुले कृषकको जीवनस्तरलाई बदल्न तथा रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषिलाई आत्मनिर्भर र उत्पादनमुखी स्मार्ट कृषि गाउँ कार्यक्रम समेत बनाएका छन् ।
त्यसैको एउटा गतिलो उदाहरण हो, रोल्पाको लुङ्ग्री गाउँपालिका ४ मा रहेको ठूलो नम्जा गाउँ । जहाँ ६० घरधुरीबाट सुरु गरिएको स्मार्ट कृषि गाउँ कार्यक्रम निरन्तर रुपमा संचालन हुँदै आएको छ । ठूलो नम्जा गाउँमा वि.सं. २०७७ सालदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु गरिएको थियो ।
लुङ्ग्री गाउँपालिका ४ का स्थानीय कृषक तिलक खड्काले परम्परागत कृषि खेती भएतापनि आधुनिक तरिकाले गरिरहेको बताए । उनले पहिले भन्दा काममा सहज र उत्पादनमा वृद्धि भैरहेको र आफूहरुले यसबाट सन्तुष्ट मात्र होइन, स्वदेशमै केही गर्न सकिदो रहेछ भन्ने हौसला बढेको जानकारी दिए ।
सोही ठाउँका कृषक शिबराम केसी हाम्रो प्रयास नाफामुखी भन्दापनि उत्पादन र आत्मनिर्भरमुखी भएको बताए । उनले हामी सबैको उत्साह र मेहतले गर्दा आजसम्म कृषि खेती राम्रै चलेको र भाबी दिनमा यसलाई झनैवृद्धि गर्ने योजनामा अघि बढिरहेको जानकारी दिए ।
लुङ्ग्री गाउँपालिका ४ का वडा अध्यक्ष तथा स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष बिरबल खड्का क्षेत्रीले ६० घरधुरीबाट शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई अब छिट्टै एक सय घरधुरीमा बिस्तार गर्ने बताए । उनले भावी हाम्रो लक्ष्य पुरै गाउँ स्मार्ट कृषिले चिनाउने योजना रहेको जिकिर गरे ।
अध्यक्ष खड्काका अनुसार आत्मनिर्भर जीवन समृद्ध गाउँ आफै बनाउ यसको मुल नारा रहेको छ । हामी सुख चाहन्छौ भने दुःख करेसाबाट सुरु गरौ, खुशी खोज्न खाडी धाउनै पर्दैन् ।
‘हामीले अहिले गरिरहेको व्यावसायिक खेतीतर्फ तरकारी र रैथाने खेतीतर्फ कोदो उत्पादन गरिरहेका छौें,’ उनले भने ‘स्वास्थको हिसाबले पनि निकै फाइदा जनक र पछिल्लो चरण लोप हुँदै गएको कोदो खेतीलाई आधुनिक ढंगले बिस्तार र संरक्षण गर्नेमात्र नभएर एउटा ब्राण्ड बनाउने सोचेका छौं । यसको बजार व्यवस्थापन सहि ढंगले हुन सक्यो भने पक्कै पनि यो आकर्षकको केन्द्र नमूना योग्य बन्नेछ र आधुनिक कृषितर्फ सबैलाई प्रेरित गर्ने हाम्रो लक्ष्य हो ।’
कृषि खेतीका लागि चाहिने सिचाइका लागि ७ वटा घेराबार सहितको पक्की पोखरी निर्माण भइसकेका छन् भने २ वटा लिर्गाम लिफ्ट सिचाई अन्तिम चरणमा पुगिसकेको र बुज्याङ्गखोला लिफ्ट सिचाइको काम समेत भइरहेको अध्यक्ष क्षेत्रीको भनाइ छ । अहिलेसम्म स्मार्ट गाउँ कृषि कार्यक्रमका लागि १८ लाख २७ हजार बराबरको काम भइसकेको र उक्त सबै काम पूरा हुँदा साथ स्मार्ट कृषि गाउँ कार्यक्रमको लक्ष पूरा हुनेमा आफूहरु ढुक्क भएको अध्यक्ष क्षेत्रीले सिस्ने अनलाइनसँगलाई जानकारी दिए ।
स्मार्ट कृषि गाउँ कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कृषकहरुलाई ७ वटा हाते ट्याक्टर र अन्य कृषी औजार, बीउ विजन राहत स्वरुप वितरण गरिएको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्षमा बिरबल खड्का क्षेत्री, उपाध्यक्षमा टंक बहादुर बिक, सचिबमा तिलक खड्का रहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।