• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हर्क साम्पाङको श्रम अभियानमा माओवादी केन्द्रको एक्येबद्धता, सांसद किराँती दिनभर काममा




धरान उपमहानगरपालिकामा भइरहेको महाश्रमदान अभियानमा नेकपा माओवादी केन्द्रले एक्येबद्धता जनाएको छ ।
माओवादी केन्द्रले पार्टी केन्द्रीय नेता तथा संघीय सांसद सुदन किरातीको नेतृत्वमा एउटा टीम नै पठाएर साम्पाङको श्रम अभियानप्रति एक्येबद्धता जनाएको हो ।

मेयर हर्क साम्पाङको अगुवाईमा धरान उपमहानगरले संचालन गरिरहेको श्रमदान महाअभियानलाई सहयोग गर्ने उद्देश्यले माओवादी केन्द्रको एक्येबद्धतासहित आफू धरान पुगेर काममा लागेको सांसद किरातीले जानकारी दिनुभयो ।

भोजपुर जिल्लाबाट निर्वाचित संघीय सांसद तथा नेकपा (माओवादी केन्द्र) का नेता किरातीले श्रमदानको विषयमा सदनमा पनि चर्को आवाज उठाउँदै आउने नेताको रुपमा परिचित हुनहुुन्छ । उहाँ पनि भोजपुरको विभिन्न विकास निर्माणसँगै जनतासँग विभिन्न क्षेत्रमा श्रमदान विगतदेखि नै गर्दै आउनुभएको छ ।

धरानवासी महान जनसमुदायलाई बधाइ दिन र एक्येबद्धताका लागि आफू शुक्रवार धरान पुगेर शनिवार दिनभरि काममा रहेको सांसद किराँतीले जानकारी दिनुभयो । ‘भ्रष्टाचारको विरुद्ध निर्मम बनौ, विकासलाई युद्धको रुपमा घोषणा गरौं, यो अभियानमा हर्क साम्पाङको ऐतिहासिक भूमिकाका लागि बधाइ दिन पनि म यहाँ आएको हुँ’– उहाँले भन्नुभयो ।

मेयर साम्पाङले पनि माओवादी केन्द्रलाई धन्यवाद दिंदै नेता किरातीमार्फत अध्यक्ष प्रचण्डलाई नै श्रम अभियानका लागि निम्तो दिएको बताउनुभयो ।
https://www.youtube.com/watch?v=mm4xrJqOfmo

Facebook Comments