निराजन सिर्पाली / रुकुम (पूर्व ) रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङमा भएका पुरानो खालीहरु अतिक्रमण भएका छन् ।
आजभन्दा धेरै बर्ष अगाडि गाई भैंसीहरुलाई सबैले पानी खुवाउनको लागि पुर्खाहरुले गाउँको बीच भागमा खालि निर्माण गर्ने गरेका थिए । गाउँका सबैले एकै ठाउँमा गाई भैंसीहरुलाई पानी खुवाउने त्यही बहानामा सुख द:खका कुरा गर्ने चलन थियो । अहिलेको यो युगमा यिनी कुरा अनौठो लाग्छ तर यो वास्तविक नै हो ।
त्यहि खाली आजभोलि खोज्ने हो भने कतै भौतिक संरचनाले मिचेको पाइन्छ भने कतै मोटरबाटो या कुनै बहानामा ठुला-ठुला खालीहरु मिच्दै गएको पाइन्छ । खालीको अस्तित्व नै बिस्तारै हराउँदै गईरहेको छ ।
तर यसरी पुर्खेउलि संरचना अतिक्रम गरेर नयाँ भौतिक संरचना बनाउदा विगतका पुराना संस्कार संस्कृति धरापमा पर्ने गरेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।