• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा जंगली च्याउ खाँदा ८ जना बिरामी




हिमाल शर्मा
सल्यान, २१ साउन । सल्यानमा जंगली च्याउ खाँदा आठ जना विरामी भएका छन् । जिल्लाको शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना विरामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विरामी हुनेमा बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुप बहादुर वली, उनको ४५ वर्षीया श्रीमती मनकलि वली, २३ वर्षीय छोरा प्रकाश वली र बुहारी २१ वर्षीया सुशिला वली रहेका छन् । उनीहरुको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराती नै प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।
यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा पनि जंगली च्याउ खाँदा चार जना विरामी भएका छन् । विरामी हुनेमा ४० वर्षीया मिना बस्नेत, २५ वर्षीया छोरी पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत रहेका छन् । हिजो साँझ जंगली च्याउ खाएर सुतेका उनीहरु राती विरामी भएका थिए । ४ वर्षीया जोशनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments