नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रती प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चीन र ताइवानबीच तनाव सिर्जना भएपछि नेपालका राजनीति दलबाट आएको यो पहिलो औपचारिक धारणा हो ।
अध्यक्ष प्रचण्डको सचिवालयबाट जारी बिज्ञप्तीमा ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ-हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० एक चीन नीति प्रति प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधि प्रति हाम्रो विरोध रहन्छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।