घोराही, १५ साउन । दाङको तुलसीपुरस्थित टरिगाउँ विमान स्थलका लागि राखिएको बाउजर अन्यत्रै सार्न लागिएकोमा नेकपा एमाले दाङले कडा आपत्ती प्रकट गरेको छ । नेकपा एमाले दाङले विज्ञप्ति जारी गरी टरिगाउँ एयरपोर्टका लागि ल्याइएको बाउजर अन्यत्र लगिएमा यस कार्यको एमालेले कडा प्रतिबाद गर्ने जनाएको छ । एमाले दाङका अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति जारी गरी टरिगाउँ विमानस्थलमा रहेको बाउजर त्यही राख्न सम्बन्धित निकायसँग जोडदार माग गर्नु भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बाउजर टरिगाउँ एयरपोर्ट सञ्चालनका लागि ल्याइएको हो, यसलाई अन्यत्र सारेमा यसको कडा प्रतिबाद गरिनेछ ।
आवश्यक परेमा बाउजर सार्न नदिन सकडमा आन्दोलन समेत गरिने एमालेले जनाएको छ । विज्ञप्तिमा लुम्बिनी प्रदेश राजधानी दाङको लागि तत्काल टरिगाउँ एयरपोर्ट व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्नेमा वर्तमान सरकारले जनताको ढाढ सेक्ने गरी गतिविधिहरु गरिरहेको र दाङमा रहेको एयरपोर्टलाई ध्वस्त बनाउन लागि रहेको एमलेले आरोप लगाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।