• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी आन्दोलन नै आजको राजनीतिको मूलधार हो: प्रचण्ड




नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिको आजको मूलधार माओवादी आन्दोलन बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आजको राजनीतिको मूलधार सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै उहाँले हिजो संविधानसभा, गणतन्त्र सम्भव छैन भन्नेहरुले आफूलाई मूलधार दाबी गर्न नमिल्ने बताउनुभयो ।

हिजो माओवादी आन्दोलनले उठाएका राजनीति एजेन्डा नै आज देशका मुख्य एजेन्डा भएकाले माओवादी आन्दोलन नै देशको मूलधार भएको बताउनुभयो । नक्कली परिवर्तनका प्रवक्ताहरु मूलधार हुननसक्ने उहाँले बाताउनुभयो ।

हिजो कबिला राज्यलाई एकीकृत राज्य बनाउने पृथ्वीनारायण शाहको योगदान र अहिले जनतालाई अधिकारसम्पन्न बनाउन माओवादीले गरेको आन्दोलन सयौं बर्षसम्म नेपाली इतिहासमा जीवित रहने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

इतिहासदेखि दबाइएका महिला, दलित, जनजाति, मधेशीलगायत उत्पीडित वर्गलाई अधिकार दिन माओवादी आन्दोलनले गरेको योगदान अब इतिहासबाट कसैले मेटाउन नसक्ने भए पनि यसलाई अझ स्थापित गर्न भने अझै बल गर्नु आवश्यक रहेक उहाँले बताउनुभयो ।

लामो संघर्ष र बलिदानपछि राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै उहाँले पुरानो मूलधारका दलहरुलाइ यो अझै मन नपरेको बताउनुभयो । ती दल र नेताहरु अहिले पनि सक्रिय रहेको उहाँले दाबी गर्नुभयो । गत बर्ष संविधानमाथि गरिएको बलात हमला र अहिले सङ्घीयतालगायतका राजनीति परिवर्तनमाथि प्रश्न उठाउने गरिएको सन्दर्भ कतै न कतै जोडिएको उहाँले बताउनुभयो ।

माओवादीले राजनीतिक क्रान्ति मात्रै होइन, क्रान्तिपछि बनेको माओवादी नेतृत्व सरकारले पनि उदाहरणीय काम गरेको उहाँले स्मरण गर्नुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले मध्यपहाडी लोकमार्ग, देशभरि उत्तर दक्षिण सडक, उर्जा क्रान्ति, भ्रष्टाचारको न्यूनीकरणलगायतका ऐतिहासिक काम गरेको बताउनुभयो । नेपालमा लोडसेडिङ अन्त्य गर्ने माओवादीले अहिले माओवादीले उर्जा मन्त्रालय सम्हालेको बेला विद्युत भारत बिक्री गर्न थालेको उहाँले बताउनुभयो ।

स्थानीय निर्वाचनमा त्यति मीठो अनुभव नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहने बताउनुभयो । साथसाथै गठबन्धनभित्रका बामपंथीहरुबीच चुनावी मोर्चा बनाउने प्रयास भएको तर अहिले नै समाजवादी केन्द्र बन्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

एक सन्दर्भमा उहाँले अब आफूहरुसित लुकाउनुपर्ने बिषय खासै नभएकाले प्रेसलाई खुला गर्दै गरेको बताउनुभयो । झन्डै दुई घन्टा बसेर देशभरिका पत्रकारको रिपोर्टिङ सुनेका अध्यक्ष प्रचण्डले देशभर प्रेस संगठन सक्रिय रहेको सुखद कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो ।

Facebook Comments