• ४ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरी बिजुली पसलद्वारा रक्तदान




बिष्णु / आकाश गाेराथाेकी
दाङ, ७ साउन । देउखुरी बिजुली पसलको आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । रक्तदान गरि मानवीय सेवा पुर्याउने उदेश्यले रक्तदान कार्यक्रमकाे आयाेजना गरियकाे आयाेजक नरेश गाेराथाेकीले जानकारी दिनुभएको थियाे ।

आयाेजकमा बिजुली पसलका सञ्चालक नेरेश गाेराथाेकी लक्षमण पाैडेलर तिलक खनाल रहनुभएकाे छ । कार्यक्रम लमही नगरपालिका ३ फल्कापुर देउखुरी दाङमा भएको थियाे । उक्त कार्यक्रम बिहान १० बजे देखि बेलुका ३ बजेसम्म रहेकाे आयाेजक टिमले जानकारी दिएको हाे ।

कार्यक्रममा 26 जनाले रक्तदान गर्नुभएको थियाे । रक्तदान गर्नेहरुमा मदन चौधरी, सोमु चौधरी, बिशाल चौधरी, बिनोद खनाल, प्रदिप चौधरी, प्रसान्त बसेल, प्रसिद्ध कुमार चौधरी, तिलक खनाल , रंजित जंग चौधरी , नरेश गोराथोकी, ललित चौधरी, विकास रेग्मी, निरज चौधरी, लक्ष्मण चौधरी, सुरज चौधरी, देवराज चौधरी, ठाकुर कवंर, जमुना खनाल, अस्मित चौधरी, नारायण पौडेल, कासिराम पौडेल, रेशम भुषाल, लक्ष्मण पौडेल, आशिष भुषाल, छवी कुमार अधिकारी, खुमानन्द खनाल रहनुभएकाे छ ।

कार्यक्रम मानवीय सेवामा निहित रहेकाे थियाे । पछिल्लो समय देश व्यापि रुपमा नै व्लडकाे अभाव हुन थालेपछि सेवाकाे भाबले उक्त कार्यक्रमकाे अायाेजना गरिएको थियाे । कार्यक्रम भव्य र सभ्यरुपले सम्पन्न भएको थियाे भने उक्त कार्यक्रममा सहजिकरण रेडक्रस लमहिलेले गरेकाे थियाे ।

Facebook Comments