मदन वि.सी
रुकुमकोट, ४ साउन ।सिस्ने गाउँपालिका रुकुम पूर्वले परिचयपत्र नवीकरण गर्न लाभग्राहीलाई अनुरोध गरेको छ । गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई पालिकाले आफनो परिचयपत्र नविकरण गर्न भनेको हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारले प्रत्येक आर्थिक वर्षमा परिचय पत्र नविकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
सोही अनुसार श्रावन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०७९।०८० सुरु भएको हुदाँ परिचय पत्र नविकरण गर्न भनिएको पञ्जिकरण शाखा प्रमुख नन्दकला रिजालले जानकारी दिनसभयो । जसको लागि गाउँपालिकाका ८ वटै वडामा पत्र पठाइएको छ । पत्रमा यहि भाद्र मसान्त भित्र परिचय पत्र नविकरण गरि पालिकामा पठाउन भनिएको छ ।
परिचय पत्र नविकरणका लागि लाभग्राहीहरु एक प्रति फोटो र नागरिकताको प्रतिलिपी सहित सम्बन्धित वडा कार्यालयमा जानुपर्ने छ । सरकारले यस आर्थिक वर्ष देखि ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ । भत्ता प्राप्तिका लागि ६८ वर्ष उमेर पुगेका नागरिकले पनि सम्बन्धित वडामा पुगेर आफनो नाम सूचिकृत गर्नुपर्ने छ । भाद्र तेस्रो साता भित्र पनि परिचयपत्र नविकरण नगर्ने लाभग्राहीको भत्ता रोकिने पञ्जिकरण शाखाले जनाएको छ ।
पञ्जिकरण शाखाका अनुसार सिस्ने गाउँपालिका भर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु तिन हजार चार सय २५ रहेका छन । जसमध्य ७० वर्ष माथिका जेष्ठ नागरिक छ सय ८४, ६० वर्ष मुनिका दलित जेष्ठ नागरिक एक सय ४९, ६० वर्ष माथिका एकल महिला एक सय ९३ रहेका छन । यस्तै विधवा महिला दुई सय ५५, पूर्ण अपांग ३४, आंशिक अपांग १००, क्षेत्र तोकिएका बालबालिका एक हजार सात सय १३, र दलित बालबालिका दुई सय ९७ जना रहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।