मानसिंह विश्वकर्मा
बुटवल, २ साउन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य सेवाका हिसावले नेपाल अब्बल भएकोले नेपालमै अध्ययन गरेर नेपाली जनताको सेवा गर्ने वातारण निर्माण गरेमा मात्रै देश र नागरिकको स्वास्थ्य समृद्ध बन्ने बताउनुभयो ।
यस्तो कुरा लुम्बिनी यूनिभर्सल मेडिकल कलेज भैरहवामा आयोजित करुणा फेस २०२२ को उद्घाटन गर्दै सोमबार बताउनुभएको हो । उहाँले मेडिकल कलेजमा अनुसन्धानलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरी रोल्पा रुकुममा पाइने गाजालाई पनि विरामीको औषधीको रुपमा रिफाइन गरी प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो ।
उहाँले मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले नै आर्थिक संकल गर्न गरी आर्थिक अभावले मृत्य हुने जोखिममा रहेका विरामीहरुको जीवन बचाउने कार्य गरिरहेको करुणा समाजलाई धन्यवाद दिदै भन्नुभयो:–“तपाईहरुले गरेको योगदानले आर्थिक अभावमा रहेका धेरै विरामीहरु जीवन बचाउनु भइरहेको छ, यसलाई आगामी दिनमा आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडी बढाउनु पर्दछ । ” प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कुलप्रसाद केसीले राम्रो विषय अध्ययन गर्दा नेपाल नेपालमा गर्ने फेरी जवको लागि अम्रेरीका, अस्ट्रेलिया लगायतको देशमा जाने चलन रहेको बताउँदै ती दक्ष जनशक्तिलाई नेपालमै रोक्न राज्य तयार गर्ने बताउनुभयो ।
नेपालली जनताको स्वास्थ्यमा सुधार गर्नका सबै लाग्नु पर्ने बताउँदै लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्रामिकता दिएको बताउनुभयो । उहाँले जुनदेशका नागरिक स्वास्थ्य हुन्छन् त्यही देश समृद्धि बन्ने बताउँदै नागरिककोलाई स्वास्थ्य बनाउनु पर्ने बताउनुभयो । मुख्यमन्त्री केसीले लुम्विनी मेडिकल कलेजले जनतालाई दिएको सेवाको लागि आफूलाई पनि खुशी लागेको बताउँदै त्यस सेवालाई अझै असाहय नागरिकहरुको जीवन बचाउन प्रयासलाई अगाडि बढाउन निर्देशन गर्नुभयो ।
लुम्बिनी युनिभर्सल मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरीरहेका विद्यार्थीहरुले आर्थिक सहयोग संकलन गर्ने कार्यले आफहरुलाई निकै सहयोग भएको विरामीहरुले बताउँदै धन्यवाद दिएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।