घोराही, ३२ असार । दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।
घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।