• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा २६ र तुलसीपुरमा २७ गतेदेखि विद्यालयमा वर्षे विदा




दाङ, २५ असार । घोराहीका विद्यालयमा आईतबारदेखि साउन १० गते सम्म वर्षे विदा दिईएको छ । शुक्रबार घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाले सार्वजनिक सुचना जारिगर्दे यही असार २६ गते आईतबारदेखि साउन १० गते मंगलबारसम्म विदा दिईएकोे जनाकारी गराएको हो ।

महाशाखा प्रमुख विनोद गौतमका अनुसार वार्षिक वर्षे एवं अन्य विदा शैक्षिक क्यालेन्डर अनुसार हुने सम्बन्धीत विद्यालयलाई जानकारी गराईएको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले पनि सामुदायिक विद्यालयमा बर्षे विदा दिएको छ । यहि असार २७ देखि श्वावण १४ सम्म विदा दिएको हो ।

असार २२ गतेको शिक्षा समितिको निर्णय अनुसार विदा दिईएको महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिनुुभयो । यो विदा बार्षिक विदाबाट कट्टि हुने छ ।

 

Facebook Comments