नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले निर्वाचन आयोग प्रमुखमा ओलीको नाम प्रस्ताव गरेपछि बैठकले पारित गरेको छ ।
पहिलो संविधानसभा सांसद ओलीलाई निर्वाचन आयोग प्रमुख बनाएको हो । उहाँ दाङ जिल्लाका पुराना कम्युनिस्ट नेता तथा जनयुद्धकालीन पार्टी प्रमुख हुनुहुन्छ ।
आयोग प्रमुखको हैसियत स्थायी समिति सदस्य सरह हुन्छ । ओलीलाई केन्द्रीय सदस्य नबनाएपछि कार्यकर्तालाई उहाँलाई सम्मानजनक स्थान दिन माग गर्दै आएका थिए । अध्यक्ष प्रचण्डले ओलीलाई सम्मानजनक स्थान दिने भन्दै यसपटकको केन्द्रीय समिति बैठकमै बोलाउनुभएको थियो । ओली सहभागी केन्द्रीय समितिको बैठकले उहाँलाई स्थायी समिति सदस्य सरह हैसियत दिएको हो ।
यसअघिका निर्वाचन आयोगको प्रमुख विष्णुपुकार श्रेष्ठ चीनको राजदूत भएपछि ओलीलाई बनाउने प्रमुख निर्णय भएको हो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।