घोराही, २३ असार । दाङको घोराही उपमहानगरपालिका– १५ मा रहेको सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा संचालित सिस्ने अनलाइनको प्रबन्धकमा प्रेम क्षेत्री नियुक्त भएका छन् । बुधबार अनलाइनको सम्पादक नरेन्द्र केसीको अध्यक्षतामा बसेको बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो ।
क्षेत्री रोल्पाको लुङ्ग्री गाउँपालिका – ४ निबासी हुन् । माओवादीका पूर्व कमाण्डर समेत रहेका क्षत्री पछिल्लो समय सिस्ने अनलाइनमा आवद्ध हुँदै आएका थिए ।
हाल उनी रुन्टीगढी गाउँपालिका –९ मा बस्दै आएका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।