घोराही, २३ असार । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको जनज्योति विद्यामन्दिरले विद्यार्थीलाई जिपिएको आधारमा छात्रवृत्ति दिने भएको छ । विद्यालयले प्लटु तर्फ व्यवस्थापन र विज्ञान संकायमा भर्ना हुुने विद्यार्थीहरुलाई जिपिए तथा प्रवेश परीक्षाको आधारमा छात्रवृत्ति दिने भएको हो ।
विद्यार्थीलाई सर्वसुलव र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५४ सालमा स्थापना भएको विद्यालयले एसईईमा जिल्लामै पटक–पटक उत्कृष्ट नतिजा ल्याउँदै आइरहेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले विद्यार्थीहरुको मागलाई मध्यनगर गर्दै २०७३ सालमा प्लटु तर्फ व्यवस्थापन संकाय र २०७५ सालमा विज्ञान संकायमा पठनपाठन शुरु गरेको विद्यालयका प्रध्यानाध्यापक मदनराज रेग्मीले बताए । उनले विद्यालयले विद्यार्थीहरुको पढाईमा थप प्रभावकारी बनाउनका लागि विभिन्न प्रकारका छात्रवृत्तिहरुको व्यवस्था गरेको समेत जानकारी दिए ।
विद्यालयले प्लटु तर्फ व्यवस्थापन र विज्ञान संकायमा अध्ययन गर्न आफ्नो विद्यालयमा आउने विद्यार्थीहरुलाई एसईईको प्राप्त गरेको जिपिए र प्रवेश परीक्षाको आधारमा छात्रवृत्ति उपलब्ध गराइने प्रअ रेग्मीको भनाइ छ ।
एसईईको नतिजामा ३.६५दखि ३.९५ सम्म जिपिए ल्याउने विद्यार्थीलाई विज्ञान संकायमा ५० प्रतिशत र व्यवस्थापन संकायमा १०० प्रतिशत, ३.२५देखि ३.६५ सम्म जिपिए ल्याउने विद्यार्थीलाई विज्ञानमा २५ प्रतिशत र व्यवस्थापनमा ५० प्रतिशत मासिक शुल्कमा छुट दिने व्यवस्था गरिएको छ । त्यस्तै एसईईको जिपिएको आधारमा नभइ विद्यालयमा अध्ययन गर्ने विद्यार्थी प्रवेश परीक्षमा प्रथम हुनेलाई मासिक शुल्कमा छुटसहित एउटा ल्याप्टप उपहार दिने, द्वितीय हुने विद्यार्थीलाई मासिक शुल्कमा छुटसहित एकसेट टेक्सबुक उपहार दिने र तीतृय हुने विद्यार्थीलाई मासिक शुल्कमा छुट दिने व्यवस्था विद्यालयले गरेको छ ।
त्यसैगरी जिपिए र प्रवेश परीक्षाको आधारमा दिइने छात्रवृत्तिको अवधि एक वर्षसम्ममात्र लागुहुने छ भने एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई प्लटु अवधिभर मासिक शुल्क छुटसहित ल्याप्टपसम्म निःशुल्क उपहार दिने तर विद्यालयमा संचालन हुने आन्तरिक परीक्षामा संलग्न नहुने विद्यार्थीको सम्पूर्ण छात्रवृत्ति रद्ध गरिने प्रअ रेग्मीले सिस्ने अनलाइनसँगको कुराकानीमा बताए ।
आफ्नो विद्यालयका विद्यार्थीहरुले प्लटु तर्फ विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययन गर्न चाहेको खण्डमा भर्ना र धरौटी रकम छुट गर्ने व्यवस्था विद्यालयले मिलाएको छ भने विद्यालयमा दक्ष शिक्षकहरुबाट पठनपाठन भइरहेको छ । विद्यार्थीहरुको पढाइसँगै वौद्धिक ज्ञानवृद्धि गर्नका लागि विद्यालयले अतिरिक्त क्रियाकलापहरु कक्षाकोठाबाटै संचालन गरिहेको र दुई वटा कक्षाबाट स्मार्टबोर्ड मार्फत विद्यार्थीहरुलाई पढाइरहको अब विस्तारै सबै कक्षाहरुमा स्मार्टबोर्ड जडान गरिने समेत विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयमा विद्यार्थीहरुलाई स्वच्छ र सफा खानेपानीको व्यवस्था भएको छ भने डाक्टर, सिए, वलिक र इञ्जिनियर विद्यालयका उत्पादन रहेका छन् । विद्यालयमा क्यामेष्ट्री, बायोलोजी र कम्प्युटरको दुई वटा ल्यापको सुविधाहरु रहेको छ । यो वर्ष विद्यालयमा नर्सरीदेखि १० कक्षामा २ हजार विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।