• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही खानेपानीको चुनाव : संयुक्त प्यानलका उम्मेदवारहरुको प्रतिवद्धता सार्वजनिक




घोराही, २० असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यही असार २५ गते हुन लागेको चुनावका लागि संयुक्त प्यानलका उम्मेदवारहरुको प्रतिवद्धताहरु सार्वजनिक गरिएको छ । प्यानलको निर्वाचन प्रचार प्रसार समितिले आज सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै सो प्रतिवद्धताहरु सार्वजनिक गरेको हो ।No description available.

घोराही खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाको अध्यक्ष पदका उम्मेदवार नारायप्रसाद भुषालले खानेपानी संस्थालाई हिजोका दिनभन्दा आगामी दिनमा अझै व्यवस्थित ढंगले संचालन गर्ने र आम उपभोक्ताहरुलाई कसरी सहज ढंगले शुद्ध पानी पिउने वातावरण बनाउन सकिन्छ भन्ने उद्देश्यले आप्mनो प्यालनले उम्मेदावरी रहेकोे बताए । उनले खानेपानी नभइ नहुने एउटा बस्तु अन्तर्गत पर्ने बताउँदै घोराही खानेपानी लगानी कोषले २०५३ सालमा खानेपानीलाई व्यवस्थित ढंगले शुद्ध पानी पिउनुपर्छ भन्ने उद्देश्यका साथ लगानी भित्र्याएको तत्पश्चात २०५४ सालमा खानेपानी समिति गठन भएको जानकारी दिए ।

तर, २०५९/०६० पछि घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आम उपभोक्ताहरुलाई राम्रो सेवा प्रदान नगरेको लगायतका थुप्रै समस्याहरु भएका हुँदा ती सबै समस्याहरुको समाधानका लागि आफ्नो टिम सक्षम रहेकोले यही असार २५ गते हुने निर्वाचनमा संयुक्त प्यानलका सबै उम्मेदवारहरुलाई मतदान गरी बिजयी बनाउनुहुन समेत उनले सम्पूर्ण उपभोक्ताहरुलाई बिनम्र अनुरोध गरे ।No description available.

घोराही खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाको अध्यक्ष पदका उम्मेदवार नारायप्रसाद भुषालको नेतृत्वमा रहेको संयुक्त प्यानलले उपभोक्ताले तिर्ने न्यूनतम मासिक शुल्क घटाउने, सार्वजनिक धाराको विस्तार गरिने, ठाउँठाउँमा वास सुविधासहितको सार्वजनिक शौचालयको व्यवस्था गर्ने, विभिन्न सरकारवाला संस्थाहरु( एडीबी, नेपाल सरकार तथा अन्य संस्थाहरु)सँग सम्झौता गरी उपभोक्तामाथि पर्ने आर्थिक भार कम गर्ने, नियमित रुपमा धारा चेक गर्ने तथा मिटर रिडिङ गरी अभिलेख राख्ने, आत्याधुकि प्रविधिको प्रयोग गरी द्रुत सेवा दिने व्यवस्था मिलाउने लगायतका थुप्रै प्रतिवद्धताहरु सार्वजनिक गरेको छ ।No description available.

घोराही खानेपानी उपभोक्ता तथा सरसाफाई संस्थाको संयुक्त प्यालनका उम्मेदवार अध्यक्ष पदमा नारायणप्रसाद भुषाल, वरिष्ठ उपाध्यक्षमा नरबहादुर बुढाथोकी, महिला उपाध्यक्षमा लक्ष्मीदेवी सिंह ठकुरी, सचिबमा दिपक कुमार श्रेष्ठ, कोषाध्यक्षमा महेश कुमार न्यौपाने, सदस्यमा सुनिल कुमार बनिया, हरिप्रसाद खरेल, महिला सदस्यामा ज्योती रोका मगर, देवकला पाण्डे र लक्ष्मी अधिकारी रहेका छन् ।No description available.

संयुक्त प्यानलका सबै उम्मेदवारहरु विभिन्न संघ/संस्थाहरुबाट सबल र सक्षम नेतृत्व भूमिकाबाट आएको हुँदा यही असार २५ गते हुन लागको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा संयुक्त प्यानलका उम्मेदवारहरुलाई मतदान गरी भारी मतले बिजयी गराउनुहुन सम्पूर्ण उपभोक्तालाई निर्वाचन प्रचारप्रसार समितिले अनुरोध समेत गरेको छ ।

खानेपानीको चुनाव प्रचारप्रसार समितिका संयोजक गेहेन्द्र बस्नेतको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चाका र एकीकृत समाजवादीका नेता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण राप्रपा दाङ जिल्ला सचिब त्रिभुवन थापाले गरेका थिए ।

Facebook Comments