घोराही, १५ असार । दाङको घोराही- १५ मा रहेको भिएन स्कूलले राष्ट्रिय धान दिवस मनाएको छ । स्कुलले आज घोराही -३ बन्झाडीको खेतमा धान रोप्दै सो दिवस मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालले खेतमा धान रोपेर विद्यालयले आज राष्ट्रिय धान दिवस मनाएको बताए । उनले विद्यार्थी विद्यालयको पढाई सँगसँगै ब्यबहारिक बन्नुपर्ने कुरामा जोड दिए ।
विद्यार्थीहरु अनुशासन हुनुपर्ने र विद्यालयको सिकाईलाई थप प्राभवकारी बनाउन ब्यबहारिक बन्दै जीवनोपयोगी क्रियाकलापमा जोडिनुपर्ने उनको भनाइ छ ।
भिएन स्कुलका प्राचार्य रामजनम चौधरीले आफ्नो मन्तव्य राख्दै आज असारको १५ गते दही चिउरा खाने संगसंगै राष्ट्रिय धान दिवस मनाउने कार्य सकिएको बताए । उनले नेपाल एक कृषि प्रधान देश भएको हुँदा अझै पनि अधिकांश मानिस कृषि पेशामा निर्भर रहदै आएको जानकारी दिए । धान दिवसको अबसरमा धान रोप्दै विद्यार्थीहरुलाई धान उत्पादनको बारेमा जानकारी दिदै पहिले तुलनामा अहिले रासायनिक मलका कारण धान उत्पादन बढी हुने गरेको प्रअ चौधरीको भनाइ छ ।
धान दिवसमा विद्यार्थीहरुले खेतमा धान रोप्दै आफूहरूको नयाँ अनुभव र सिक्ने मौका पाएको बताएका थिए । उक्त अबसरमा विद्यालयको प्रांगणमा सरसफाइ गरि वृक्षारोपण गरिएको समेत विद्यालयले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निवर्तमान डाइरेक्टर द्रोण खड्का, विद्यालयका प्रअ रामजनम चौधरी, विद्यालयका कोर्डिनेटर शान्ती हमाल, विद्यालय परीक्षा शाखाका प्रमुख जीवन आचार्य, शिक्षक विष्णु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका डाइरेक्टर वसन्त रिजालले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।