संखुवासभामा निर्माणाधीन सडकमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको मृत्यु भएको छ ।
बुधबार दिउँसो चैनपुर नगरपालिका १ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको धरानका ३५ वर्षीय राजकुमार राई र उदयपुर चोदण्डीगढी नगरपालिका ६ का २० वर्षीय हेमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।
चैनपुर नुनढाकी सडक खण्डमा तारजाली लगाउने क्रममा ३० मितर माथिबाट खसेको पहिरोले पुरिएर राई र मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।