निराजन सिर्पाली / रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ को सागबारी लेकमा हरेक वर्ष साग टिप्ने जात्रा लाग्छ ।
यो लेकमा डिन्ने, खिरौला , लसुने , झर्को साग र च्याउहरु आदि पाईने गर्छ ।
यो भन्दा अघिल्लो वर्ष कोरोनाले गर्दा खासै लाग्न नसकेको जात्रा यो वर्ष भने रमाइलोको रौनक बनेको छ । यहाँ डि.जे डान्स , लोक दोहोरी , साग टिप्ने , फोटाखिच्ने चलन झन प्रख्यात बन्दै गएको स्थानीय कमला बि.कले बताउनुभएको छ ।
परापुर्व कालदेखि लाग्दै आएको यो जात्रा पछिल्लो समयमा अलि फरक र झन चर्चाको विषय बनेेको र यस्लाई ब्यवस्थित र संरक्षण गरे पछिल्लो पुस्ता मा इतिहास रहने बसन्त घर्ती ले बताउनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।