सल्यानमा मलामि गएका एक ब्यक्तीको पानीमा डुबेर मृत्यु भएको छ । शारदा नगरपालिका वडा १४ च्याउखोलाका ३७ बर्षिय बहादुर शाहीको शारदा खोलामा नुहाउने क्रममा पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो।
उनी छिमेकीको मलामी गएको र त्यही नुहाउने क्रममा सिद्ध कुमाख गाउँपालिकाको ढोरचौर नजिकै शारदा खोलामा गएका थिए।
मलामी गएकै बेला खाडलमा नुहाउने क्रममा डुबेको थिए
जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।
शव पोष्ट मार्टमका लागि अस्पतालमा नै राखिएको उनको भनाई छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।