दाङ, १३ जेठ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सिपेक्टर सन्तोष खनालले जानकारी दिनुभयो । दुर्घटनामा बागचौर नगरपालिका -८ कोटमौलाका ६३ वर्षिया चम्फा ढकाल, बागचौर नगरपालिका -८ कोटमौला ४८ वर्षिय अजमत कामी, सोहि ठाउँका ३६ वर्षिय दिपक योगी, ७५ वर्षिय लिलानाथ योगी घाइते भएको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।
यस्तै बागचौर नगरपालिका -९ का २३ वर्षिय मनिषा भण्डारी, छत्रेश्वरी-२ दहखोलाका २२ वर्षिय अन्जना गिरी, रोल्पाको गंगादेव गाउँपालिका-३ का डाँडापोखरीका ५८ वर्षिय दिलकुमारी खड्का घाइते हुनुभएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको थारमारेमा रहेको जनप्रिय अस्पतालमा उपचार भइरहेको छ । रोकिराखेको बस अचानक दुर्घटनामा परेको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । सोहि ठाउँमै ओरालो सडकमा टिप्पर दुर्घटना भएको र बाटो साघुरो देखेपछि साइट हेर्न बस चालक ओरालोमा गाडीलाई गेरमै राखेर बाहिर गएको समयमा बस दुर्घटनामा परेको हो । बसमा ३०/३१ जना सवार रहेको प्रहरीले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।