उदयपुर/ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औं पूर्ण बैठक शुरु भएको छ । पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बिहीबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा सो बैठक शुरु भएको हो ।
बैठकमा पार्टीका महासचिव विप्लवले १३ औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गर्नु भएको छ । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु सहभागी हुनुहुन्छ ।बैठकमा सहभागी सबै जना राजनीतिक प्रस्तावमाथि भोलि १३ गतेदेखि आ-आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय समितिको बैठकमा उपस्थिति हुनुहुने महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर लगायत सम्पूर्ण बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई उदयपुर जिल्ला पार्टीले स्वागत गरेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।