• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खानीखोलाको पहिलो निर्णयः दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति




काभ्रे । खानीखोला गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । यसका लागि गाउँपालिकाले अविलम्ब कार्यविधि बनाउने निर्णयमा उल्लेख छ ।

‘खानीखोला गाउँपालिका भित्रका अल्पसंख्या र दलित परिवारका छात्र÷छात्रामध्ये एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एकजना छात्र र एक जना छात्रालाई जुनसुकै विषयमा विषयमा उच्च शिक्षा स्नातक तहसम्मगाउँपालिकाले निःशुल्क पठन पाठन गराउने सो कार्यका लागि गाउँपालिकाले कार्यविधि तयार गरी कार्यविधि बमोजिम कार्यान्वयन गर्ने निर्णय भएको छ’ पदभारको क्रममा भएको निर्णय सुनाउँदै निमित्त प्रशासकीय अधिकृत मोहनलाल श्रेष्ठले भने ।

त्यससँगै पदभार ग्रहणको क्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले सार्वजनिक पद धारण गरेपछि नियमानुसार बुझाउनुपर्ने तोकिएको ढाँचा बमोजिम म्यादभित्रै आफ्ना सम्पति विवरण सम्बन्धित निकायमा बुझाउने निर्णय पनि भएको छ ।

खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसबाट दोर्जेमान जिम्बा निर्वाचित बनेका थिए ।

Facebook Comments