रोल्पा,१० जेठ । रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ वजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । सदरमुकाम लिवाङवाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटो अनियन्त्रित भई सडकवाट करिव ५० मिटर तल खसेको थियो । घाइतेहरु रोल्पा नगरपालिका ७ माडीचौरका ५३ बर्षीय दलवहादुर पुनको वाँया हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने वर्र्षीय ५२ का जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ । सोही ठाउँ बस्ने वर्ष ४७ का सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।