होलेरी/ रोल्पाको रुन्टीगढी गाउँपालिका २ नम्बर वडामा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सो वडाका वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका भ्यूलाल पुन मगरको प्यानल विजयी भएको हो ।
रुन्टीगढी गाउँपालिका २ मा नेकपा माओवादी केद्रका भ्यूलाल पुन मगरले ४ सय ६९ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेपाली कांग्रेस उम्मेदवार बेदबहादुर विष्टले ४ सय २२ मत प्राप्त गरेका थिए ।
रुन्टीगढी गापा २ का अध्यक्षमा नेकपा माओवादी केन्द्रका भ्यूलाल पुन मगर लगाएत सदस्यहरुमा चन्द्रकली बस्नेत, गंगा विक,बालाराम बुढा, शशिराम बुढाले विजयी हासिल गरेका हुन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
