रोल्पा । रोल्पा जिल्लाको दक्षिण भेगमा पर्ने रुन्टीगढी गाउँपालिकामा ६८.४६६ प्रतिशत मत खसेको छ । आज भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रुन्टीगढी गाउँपालिकाका ९ वटै वडाहरुमा सो मत खसेको हो ।
पालिकाको ९ वटै मतदान केन्द्रहरुबाट १३०९० मत खसेको जानकारी प्राप्त भएको छ । जसमा महिलामा ७२०१ र पुरुषमा ५८८९ जनाले मतदान गरेका छन् ।
रुन्टीगढी गाउँपालिका अध्यक्षमा सत्तापक्ष नेपाली कांग्रेसबाट जनक पुन, नेकपा (माओवादी केन्द्र)बाट गोविन्द पुन `नजर´ र प्रतिपक्ष नेकपा एमालेबाट यामबहादुर दशौंदीको उम्मेदवारी रहेको छ ।
मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा उल्लासमय ढंगबाट मतदाताहरुले मतदान गरेको छन् ।
देशभर आज शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।