• १० माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारी सेवा सुविधा नलिने वडाध्यक्ष पदका उम्मेदवार नेपालीकाे घोषणा




शिवु खनाल
देउखुरी, १९ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार शसिराम नेपालीले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहकाे निर्वाचनमा आफु लमही नगरपालिका वडा नम्बर ५ काे वडाध्यक्षमा निर्वाचित भए, कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

साेमबार वडाध्यक्ष पदका उम्मेदवार नेपालीले सरकारी सेवा सुविधा अन्तरगत गाडी र तलबभत्ता लगायत कुनै पनि सेवा सुविधा नलिने घोषणा गर्दै प्रतिवद्वता जनाउनु भएको हाे ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काे तर्फबाट नेपालीले लमही नगरपालिका वडा नम्बर ५ काे वडाध्यक्ष पदका लागि उम्मेदवार दिनु भएको छ ।।

Facebook Comments