स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि रोल्पा जिल्लाको दक्षिण भेगमा रहेको रुन्टीगढी गाउँपालिका ५ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्रेका उम्मेदवार निराजन घर्तीसँग सिस्ने अनलाइनका प्रबन्ध– सम्पादक जंगबहादुर रेउलेले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।
– धन्यवाद सिस्ने अनलाइनलाई ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले रुन्टीगढी गाउँपालिका वडा नं. ५ को अध्यक्ष पदका लागि नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएको छु । वडा अध्यक्षमा उम्मेदवार दर्ता किन गरे भन्दा समाजमा भएका विभिन्न किसिमका समस्याहरु जस्तै स्वास्थ्य, शिक्षा ,विकास निर्माणका , लगाएत बेरोजगार युवायुुवतीहरुलाई आत्मानिर्भर गर्नको निम्ति निति नीति कार्यक्रमलाई बिशेष पहल गर्न कै लागि मैले वडा अध्यक्ष पदको उम्मेदवारी दिएको हुँ ।
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर जन गुनासो सुनिन्छ त्यसमा तपाई के भन्नुहुन्छ ?
– चुनावी समयमात्र नेताहरू जनताका घरघरमा पुग्छन् भन्ने कुरामा यो प्रश्न जायज कुरा हो । तर, मैले वडा अध्यक्ष जित्दै गर्दा प्रत्येक आर्थिक बर्षको बजेट बिनियोजित गर्दा हामी जनताको घरघरमा पुगेर समस्या के हो टिप्पणी गरि कार्यनीतिमा लागू गर्ने छु । नेकपा माओवादी केन्द्रबाट चुनाब जितेर गएपछि जनतालाई बिर्सने काम कदापी हुने छैन् ।
४) तपाईको चुनावी एजेण्डा के- कस्ता छन् ?
– मेरो चुनावी एजेन्डा यस प्रकार रहेका छन्ः
– सर्बप्रथम बाटो पुर्ण रुपले सम्पन्न नभएको हुँदा दुईखोली ,राम्चे ,धौलाबाङ्ग, होलेरी, सैबाङ मोटरबाटो कालो पत्रेको प्रदेश तथा केन्द्र स्थरमा बिशेष पहल गर्नेछु ।
– वडा नं. ५ रहेको बिद्यालयलाई प्लटुसम्म सन्चालन गर्ने छु ।
– आधारभुत स्वास्थ्य सेवा बनाउन नीति एक सय दश प्रकारका औषधी निःशुल्क बितरण गर्ने छु ।
– बेरोजगार युवाहरु स्वरोजगार बनाउनका लागि आधुनिक कृषिमा बिशेष पहल गरिने छ । जस्तैः सिचाईको ब्यबस्थापन गरि युवा शक्तिलाई सामुहिक रूपमा अनुदान तथा सहुलियत रूपमा ऋण को ब्यबस्थापन गर्ने, उत्पादन बस्तु भाउलाइ शीत भण्डार र बजार ब्यबस्थापनको जिम्मा लिने , मूल्यको उचित निर्धारण गर्ने मेरो चुनावी एजेन्डा हुन् ।
५) चुनावी एजेण्डाहरु प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– हाम्रो चुनावी एजेन्डाहरु घोषणा पत्रमा मात्र सिमित हुने छैनन् । किन भने नेकपा माओवादी केन्द्र कै नेतृत्वमा भएको १० बर्ष जनयुद्ध २०६२÷०६३ को जन आन्दोलनले ल्याएको व्यबस्थापिकामा संघीय लोकतान्त्रिक गणतन्त्र , धर्म निरपेक्ष ,समाबेशी समानुपातिक , जातीय छुवाछूत अन्त्य , महिलालाई ३३५ अधिकार लगाएत कृषि ऋण मिनाहा जस्ता विविध काम भएको कुरो अथावत नै हो नि त्यसैले जनसमुदायहरु धुक्क हुनुहोस् भन्न चाहाछु ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के -के काम गर्नुहुन्छ ?
– यदि मैले चुनाब जिते भने स्वास्थ्य ,शिक्षा,रोजगार ,बाटो घाटोलाई बिशेष पहल गर्ने छु ।
७) अन्त्यमा केही भन्नु छ ?
– मेरा सम्पुर्ण आमा,बुवा ,दिदि बहिनी दाजुभाईहरुमा अपिल गर्न चाहन्छु कि सम्पुर्ण माओवादी केन्द्रको जित नै आजको आवश्यकता हो । जसरी ब्यबस्था बदल्न माओवादीले महत्वपूर्ण भुमिका खेलेको थियो । त्यसरी नै फेरि पनि अवस्था बदल्न बैशाख ३० गतेको स्थानीय तहको चुनावमा हजुरहरुको अमूल्य भोट दिएर अत्यधिक बहुमतले बिजयी गराउनुहुन हार्दिक अपिल गर्नुछु ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।