स्थानीय तहको दोस्रो निर्वाचन यही बैशाख ३० गते हुँदै छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुको उम्मेवदारी दर्ता भइसकेको छ । सोही निर्वाचका लागि रोल्पा जिल्लाको दक्षिण भेगमा रहेको रुन्टीगढी गाउँपालिका ७ नम्बर वडाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार टेकलाल पुनसँग सिस्ने अनलाइनका प्रबन्ध– सम्पादक जंगबहादुर रेउलेले चुनाव केन्द्रीत संक्षिप्त कुराकानी गर्नुभएको छ ।
१) स्वागत छ, तपाईलाई सिस्ने अनलाइनमा ?
– धन्यावद सिस्ने अनलाइनलाई ।
२) तपाईले स्थानीय निर्वाचनको लागि कुन पदमा उम्मेदवारी दर्ता गराउनु भयो र किन ?
– मैले रुन्टीगढी गाउँपालिका वडा नं. ७ को वडा अध्यक्ष पदका लागि नेकपा(माओवादी केन्द्र) बाट उम्मेदवारी दिएको छु ।
– मेरो उम्मेदवारी यसकारण छ । रुन्टीगढीका आम गरीब, निमुखा, प्रगतिशील कृषकका लागि आवाजविहिनका अवाजको लागि मेरो उम्मेदवारी हो ।
३) नेता चुवानको समयमा जनताको घरघरमा जाने तर, चुनाव सकिएपछि जनतालाई बिर्सने हुन्छन् भनेर जन गुनासो सुनिन्छ त्यसमा तपाई के भन्नुहुन्छ ?
– यो प्रश्नको केही प्रतिशत यथार्थ हो, तर मेरो उम्मेदवारी पश्चात यो प्रश्न शुन्यान्त गर्न म लागी पर्नेछु । गर्नेछु । आजभोलि भौतिक रुपले टाढा भएपनि प्रविधिले धेरै नजिक बनाएको छ । मेरो कार्यकालमा कुनै जनतालाई एक्लोपन महशुस गर्न दिने छैन् । हरेक सुख,दुःखमा जनताकै साथमा हुनेछु ।
४) तपाईको चुनावी एजेण्डा के- कस्ता छन् ?
– मेरो चुनावी एजेण्डा निम्नानुसार रहेका छन् ।
– साविकका एक वडा एक लघुउद्यम संचालन हुने छन् । संयोगबस मेरो वडामा साबिकका ५ वडा रहेको र पदावधीपनि ५ वर्ष रहेकाले साविक वडा हालका टोलमा सबैलाई उद्यमी बनाउने, सबै नागरिकलाई स्वास्थ्य, बाली, पशु विमा गराइने छ । त्यसमा केही प्रतिशत जनता, केही प्रतिशत स्थानीय सरकारको र खेती प्रणाली, अल्पकालिन, दीर्घकालिन अपनाइने छ,
– ब्याप्त छरपष्टै रहेका क्लब, संस्था र समूहलाई व्यवस्थित गर्ने,
– शिक्षा क्षेत्रमा विकराल समस्याको रुपमा रहेको नीजि शिक्षकलाई सेवा,सुविधा व्यवस्थित विद्यार्थीको भौतिक बसाई विद्यालयमा, साइन्स ल्याव, खेलकूद विद्यालय टपर पालिका टपरलाई उचित प्रोत्साहन र छात्रावृत्तिको व्यवस्था गरिने छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण,
– कृषि क्षेत्रमा कृषि आधुनिकीकरण,मल विउ, विषादी, कृषि यन्त्रमा शुलभता र सिचाईका लागि खाली जमिनमा ठुल्ठुला ड्याम बनाउने र थोपा सिचाईलाई प्रोत्साहन गर्ने
– स्वास्थ्य क्षेत्रमा प्रत्येक जनतालाई स्वास्थ्य विमा हुने छ र स्वास्थ्य चौकीमा औषधीको सहज वितरण प्रणाली स्वयम सेविकालाई अझै सक्रिय गराइने छ । सुत्केरीलाई ६ महिनासम्म फलोअफ र दीर्घ रोगीलाई उचित अनुदानको व्यवस्था गर्ने
– रोजगारको हकमा प्रत्येक युवाहरुलाई प्राविधि सीप दिइने छ । जस्तै कम्प्यूटर,हाउस वारिङ्ग, मेशन कार्पेन्टर, प्लम्बर, भुजिया तालिम, टेलरिङ, ड्राभिङ, टिभी मर्मत जस्ता तालिम दिएर आत्मनिर्भर गराइने छ । र, सबैलाई उद्यमी बनाइने छ ।
५) चुनावी एजेण्डाहरु प्रायः घोषणा पत्रमै सीमित हुने गरेको पाइन्छ नि ?
– यो प्रश्नको विषयमा शत प्रतिशत लागु गर्न बाँडी दिएको हात खोलि दिनुपर्छ । यदि सबै खाले बाधा ब्यवधान मुक्त भए यी एजेण्डा ठूला होइनन् ।
६) यदि तपाईले चुनाव जित्नु भयो भने के के काम गर्नुहुन्छ ? र, वडालाई कस्तो बनाउनु हुन्छ ?
– यदि मैले चुनाव जिते भने हाम्रा यी गरीब बस्तीहरुको मलिन अनुहार २० वर्षको लक्का जवान ३५/४० वर्षको जस्तो चाउरिएको हुने छैनन् । यहाँ गरीब, दलित, बेरोजगार, पढ्न नपाएका ,रोगीहरुले साच्चिकै मेरो सरकार छ भन्ने महशुस गर्नु हुनेछ । माथिका एजेण्डामा काम गर्न पाएको खण्डमा आवाजविहिनको आवाज बनेर काम गर्नेछु ।
७) अन्त्यमा केही भन्नु छ ?
– अन्त्यमा माओवादी केन्द्रको नाराभित्र रहि जनताको व्यवस्था फेरियो अवस्था फेर्न बाँकी नै छ । यस वडामा दलाल, तस्कर, कमिशनखोरलाई नीतिगत व्यवस्थापन गरिने छ । र, कार्यानुभवको विषयमा संघीयता हुनु भन्दा पूर्व नै वडा संयोजक भई काम गरेको विभिन्न संघसंस्थामा कार्यानुभव भएकाले सम्पूर्ण वडाका सचेत नागरिकले गोलाकार भित्र रहेका हँसिया हथौंडामा सात वटै ठाउँमा छाप लगाएर आफ्नो अमूल्य भोट हालेर विजयी गराउनुहुन हार्दिक अपील गर्दछु । र, आवाजविहिनको आवाज बनेर काम गर्नेछु ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।