जगत खनाल / नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले हिजो शुक्रबार रात्रिकालिन विशाल चुनाबी सभा सम्पन्न गरेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा सम्पन्न भएको चुनाबी सभा नेकपा माओवादी केन्द्र वडा नम्बर २ वडा कमिटीका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षता र माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर १ का सचीव कृष्ण गिरिको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै संयुक्त गठबन्धन का अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार प्रकाश बिष्ट र केशव राज खनाल ले राप्ती गाउपालिका मा आमूल परिवर्तन गर्न आफुहरुले उम्मेदवारी दिएको बताउदै आफुहरुलाइ बिजय बनाउन अपिल गर्नु भएको थियो ।
पैसा मतदाता किनेर होइन मतदाता को मन जितेर आफुहरु बिजय हुने बताउदै पैसामा मतदाता किन्न आउने लाई बहिष्कार गर्न अपिल पनि गर्नु भएको थियो ।
जननिर्वाचित वडा अध्यक्ष तथा माओवादी केन्द्र राप्ती गाउपालिका संगठन कमिटी सचिवालय सदस्य जगत बहादुर थापा को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पार्टी पालिका सहसचिव वसन्त नेपालिले गर्नु भएको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।