प्युठानको नौबहिनी ४ खबाङको खप्रेटा भन्ने ठाउँमा आफ्नै बुबालाई छोराले चिर्पट प्रहार गरेर हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बाहानेका अनुसार मृतक ८६ बर्षिय जङ्ग बहादुर सुनार हुन् ।
इलाका प्रहरी बाहानेका प्रमुखका प्रमुख भानुभक्त अर्यालका अनुसार बुबा- छोराको बारम्बार झगडा र कुटपिट भइरहने कारणले घटना हत्या सम्ममा पुगेको हुनसक्ने आसंकामा अन्दाजी ३७ वर्षीय तुलबहादुर सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।
घटना शुक्रबार बेलुकी ४: ४५ मा भएको र शंकास्पद व्यक्तिले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।