दाङ, बैशाख १३। दाङ निर्माण व्यवसायी संघले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गरेको छ । निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य बृद्धिको विरोधमा संघले शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो ।
मूल्य बृद्धिसँगै म्यादथप, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संसोधनका केहि प्रावधानमा रहेका त्रुटी वीमा निर्देशिका लगायतको विरोधमा धर्ना कार्यक्रम गरेको दाङ निर्माण व्यवसायी संघका महासचिव सोकबहादुर रोकाले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।