दाङको बंगलाचुली गाउँपालिकामा आगलागीमा परि तीन बालबालिकाको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिका वडा नं.८ गुराँसे निवासी नमराज पुनको घरमा आगलागी हुँदा उहाँका ७ बर्षीय छोरा कृष्ण पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हाँसीपुरका कार्यालय प्रमुख नन्दराम रानाले जानकारी दिनुभयो ।
आगलागीबाट उहाँका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन । प्रहरीका अनुसार घरमा रहेको सोलारको व्यट्री पड्डकेर आगलागी भएको हो । बिहीबार साँझ ६ बजेतिर घरमा आगो लागेको बताईएको छ ।
गाउँमा पुरुषहरु नभएको,पानीको अभाव र घटनास्थल देखि प्रहरी चौकी धेरै टाढा रहेका कारण समयमै आगो नियन्त्रणमा लिन नसक्दा धेरै मानवीय क्षती भएको ईलाका प्रहरी कार्यालय हाँसीपुरले बताएको छ ।
प्रहरी चौकी हाँसिपुरबाट गएको प्रहरी र स्थानीयको सहयोगमा रातको १२ बजेतिर मात्रै घरको आगो नियन्त्रणमा लिएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।