दाङ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले गठबन्धनकाे मापदण्डलाई आधारमा अगाडि बढ्न गठबन्धन संयन्त्रलाई अनुराेध गरेकाे छ । क्षेत्रीय समितिकाे आज मंगलवार घाेराहीमा बसेकाे बैठकले बैशाख ३० गते हुने निर्वाचनकालागी गठबन्धनकालागी तयार गरिएकाे मापदण्डकाे क्रम संख्या ४ लाई आधार मानी अगाडि बढ्न गठबन्धन संयन्त्रलाई अनुराेध गर्दै मापदण्ड अनुसार नभएमा तत्काल क्षेत्र नम्बर २ का उपमहानगरपालिका, गाँउपालिका, सम्पूर्ण वडा समितिहरूसँग छलफल गरि मैत्रीपूर्ण प्रतिस्पर्धाकालागी अगाडि बढ्ने निर्णय गरेकाे छ ।
बैठकले ‘घर-घर जाउँ कांग्रेस जिताउ’ अभियानकाे समीक्षा गरिएकाे थियाे । गठबन्धन मापदण्डकाे क्रम संख्या ४ मा २०७४ काे स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धनभित्रका दलहरूले प्रमुख पदमा पाएकाे मतलाई आधार मान्ने भनिएकाे छ । साेही आधारमा घाेराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका लगायतका स्थानीय तहकाे नेतृत्व कांग्रेसले गर्नुपर्ने क्षेत्रीय समितिकाे दाबी रहेकाे छ ।
क्षेत्रिय सभापति भिमप्रकाश खड्काकाे अध्यक्षतामा बसेकाे बैठकमा बैशाख ३० गते हुने निर्वाचनकालागी उमेद्वारकाे नामावलीबारे जानकारी गराईएकाे थियाे । साथै तशि नामावलीलाई नियम र पद्धतिमार्फत प्रक्रीया अगाडी बढाउन संसदीय समितिमा पढाउने निर्णय गरिएकाे छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।