कमिरेचाैर,२७ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफुले प्रयाेग गर्दै आएकाे सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।
निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयाेग गर्दै आईरहेकाे रा १ झ ६१६ नम्वरकाे बलेराे जिप आईतवार कार्यालयमा लगि बुझाउनु भएकाे हाे
।
आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयाेग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नु भएको गाउँपालिकाका सूचना अधिकारी गाेपाल केसीले जानकारी दिनुभयाे ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।