• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नगर प्रमुख अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप




रुकुमपश्चिमको जिल्लाको मुसीकोट नगरपालिकामा नगर प्रमुख अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन् ।

नगरपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अतिरिक्त क्रियाकलाप सम्पन्न भएका हुन् । नगरपालिकाको वडा नम्बर ५ स्थीत यमुना नन्द नमुना माबि सेरीगाउँमा गत बिहीबारदेखि प्रतियोगिताको रुपमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएको थियो ।

विद्यार्थीहरुको अन्तर निहित प्रतिभा पहिचान गर्ने र उनिहरुको क्षमतामा अभिबृद्धि गराउन आपसमा प्रतिस्पर्धा गर्न मनोबल बृद्धि गर्ने उद्देश्यले अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नगरभित्रका सम्पूर्ण बिद्यालयको सहभागिता रहेको थियो ।

बिभिन्न तहका बिद्यार्थीहरुलाई तहगत रुपमै अतिरिक्त क्रियाकलाप गर्न लगाइएको थियो । कक्षा १ देखि ३ सम्मका लागि वस्तु पहिचान प्रतियोगिता गराइएको थियो । जसमा सिस्ने एकेडेमी सोलाबाङ्ग प्रथम, जनकल्याण मावि काँसपोखरी द्धितिय र वालकल्याण मावि सोलाबाङ्ग तृतीय भएका थिए ।

त्यसैगरि कक्षा १ देखि ५ सम्मका लागि हिज्जे प्रतियोगिता सञ्चालन गराइएकोमा न्यू मुनलाइट बोर्डिङ्ग प्रथम, विजयश्वरी बोर्डिङ स्कुल द्धितिय र सिस्ने एकेडेमी सोलाबाङ्ग तृतीय भएका थिए । त्यसैगरि कक्षा १ देखि ५ सम्मकै लागि गणित दौड प्रतियोगिता गराइएको थियो ।

जसमा सिस्ने एकेडेमी सोलाबाङ्ग प्रथम, न्यू मुनलाइट बोर्डिङ्ग स्कुल द्धितिय र विजयश्वरी बोर्डिङ्ग स्कुल तृतीय भएका थिए । त्यसैगरि कक्षा ६ देखि ८ सम्मका लागि हाँजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएकोमा सरस्वती मावि सल्ले प्रथम, विजयश्वरी बोर्डिङ्ग स्कूल द्धितिय र जनकल्याण मावि काँसपोखरी तृतीय भएका थिए । त्यसैगरि कक्षा ६ देखि ८ सम्मकै लागि हिज्जे प्रतियोगिता गराइएको थियो । जसमा सिस्ने एकेडेमी सोलाबाङ्ग प्रथम, यमुना नन्द नमुना मावि सेरीगाउँ द्धितिय र त्रिभुवन जनता मावि खलंगा तृतीय भएका थिए ।

त्यसैगरि कक्षा ६ देखि ८ सम्मका लागि लोक नृत्य सञ्चालन गरिएको थियो । जसमा विजयश्वरी बोर्डिङ्ग स्कुल प्रथम, वालकल्याण मावि झुल्खेत द्धितिय र यमुना नन्द नमुना मावि सेरीगाउँ र न्यू मुनलाइट बोर्डिङ्ग स्कुल तृतीय भएका थिए । त्यसैगरि कक्षा ९ र १० का लागि हाँजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । जसमा यमुना नन्द नमुना मावि सेरीगाउँ प्रथम, विजयश्वरी बोर्डिङ्ग स्कूल द्धितिय र त्रिपुरा मावि छिङ्ग तृतिय भएका थिए ।

त्यसैगरि कक्षा ९ र १० कै लागि हिज्जे प्रतियोगिता सञ्चालन गरिएकोमा विजयश्वरी बोर्डिङ्ग स्कुल प्रथम, सिस्ने एकेडेमी सोलाबाङ्ग द्धितिय र वालकल्याण मावि सोलाबाङ्ग तृतिय भएका थिए । त्यसैगरि कक्षा ९ र १० का लागि बक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । जसमा यमुना नन्द नमुना मावि सेरीगाउँ प्रथम, वालकल्याण मावि सोलाबाङ्ग द्धितिय र प्रभात मावि दोपाइ तृतिय भएका थिए । त्यसैगरि कक्षा ११ र १२ का लागि शैक्षिक सामग्री प्रर्दशन कार्यक्रम राखिएको थियो । जसमा त्रिभुवन जनता मावि खलंगा प्रथम, प्रभात मावि दोपाइ द्धितिय र यमुना नन्द नमुना मावि सेरीगाउँ तृतिय भएका थिए । यसरी सबै तहका बिद्यार्थीहरुको सहभागिता गराइ नगरपालिकाले पहिलो पटक अतिरिक्त क्रियाकलाप सञ्चालन गरेकोमा बिद्यार्थीहरु खुसी भएका छन् ।

नगरभित्रका बिद्यालय र बिद्यार्थीहरुका लागि नगरपालिकाले पहिलो पटक नमुना काम गरेको भन्दै बिद्यालयहरुले प्रशंसा समेत गरेका छन् । उता आयोजक नगरपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकुद शाखाले पनि अभिभाबकको भुमिका निर्बाह गरेकोमा मुसीकोट नगरपालिकालाई र कार्यक्रममा सहभागि सबै बिद्यालय तथा बिद्यार्थीहरुलाई धन्यवाद दिएको छ ।

सामाजिक सञ्जाल मार्फत कार्यक्रम संचालनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुनु हुने सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरु, जनप्रतिनिधिज्यूहरु, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत मूल्याङ्कनमा सहगोग गर्ने निर्णायक मन्डल, कार्यक्रम व्यवस्थापनमा कुशल र प्रभावकारी नेतृत्व लिनुहुने अतिरिक्त क्रियाकलाप सञ्चालन समिति र त्यसका संयोजक दामोदर पौडेल लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेको छ । त्यसै गरि कार्यक्रम समापनको क्रममा नगर प्रमुख देबीलाल गौतमले सम्पूर्ण सहभागि बिद्यालय तथा बिद्यार्थीहरुलाई धन्यवाद दिनुभएको छ ।

नगरले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको भन्दै नगर प्रमुख गौतमले यस्ता कार्यक्रमलाई आफुले निरन्तरता दिने र त्यसका लागि आगामी बर्षहरुमा अझ थप बजेटको ब्यबस्था गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । त्यसै गरि शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक बिनाराम खड्काले कार्यक्रम व्यवस्थापनमा केही सानातिना व्यवस्थापकीय कमजोरी रहेको भए तिनलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

खड्काले आगामी दिनमा कार्यक्रम संचालन स्थल नगरपालिका अन्तर्गतका सम्भाव्य सबै विद्यालयहरुमा आलोपालो रुपमा संचालन गरिने र विद्यार्थीको चौतर्फी विकासको लागि पाठ्यक्रमले तोके अनुसार यस्ता किसिमका अतिरिक्त क्रियाकलाप निरन्तर रुपमा संचालन गरिने पनि जानकारी दिनुभयो ।

Facebook Comments