• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीलाई शिक्षा र स्वास्थ्यको हब बनाउने माओवादी केन्द्रको प्रस्ताव




नेकपा माओवादी केन्द्र घोराही उपमहानगरले घोराहीलाई शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने प्रस्ताव अघि सारेको छ । केही समयअघि सम्पन्न नगर सम्मेलनबाट पारित गरेका विकास निर्माणसम्बन्धी एजेण्डा सार्वजनिक गर्दै सो पार्टीले घोराहीलाई शिक्षा र स्वास्थ्यको हब बनाउने प्रस्ताव गरेको छ ।

यस्ता छन् माओवादी केन्द्रले अघि सारेका प्रस्तावः
– भौतिक पूर्वाधार
– यस क्षेत्रलाई हवाई यातायातको सहज पँहुच पु¥याउन विमानस्थल निर्माणमा विशेष पहल गरिने छ ।
–लमही–घोराही–तुलसीपुर सडक विस्तार गरि चार लेनको निर्माण गर्ने
–घोराही–तुलसीपुर सडक विस्तारको काममा भएको बेवास्था, अनियमतिता र व्यथितिको भण्डाफोर गर्दै यथा समयमा सडक विस्तार र स्तरोन्तिको काम अगाडी बढाउन दबाव श्रीजना गर्ने ।
–उपमहानगरपालिकका सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण गर्न पहल गर्ने ।
–घोराहीको डवरी हुँदै तुलसीपुर आँखा अस्पताल जोड्ने सडकको स्तरउन्नति सहित कालोपत्रे गर्न पहल गर्ने
–कुइरेपानी–धर्ना–गोल्टाकुरी हुँदै पश्चिम पुरन्धारा पुग्ने सडक स्तरउन्नति सहित कालोपत्रे गर्न पहल गर्ने
–वडा नं ३ रनगरा–भैसकुम्रा–वेलुवा–डाँडाँगाउ–सवारिकोट हुँदै मदन मण्डारी मार्ग जोड्ने सडक स्तरउन्नति सहित कालोपत्रे गर्न पहल गर्ने
–घोराही–होलेरी सडक खण्ड स्तरउन्ति सहित कालोपत्रे गर्न पहल गर्ने
–मालबाहक टिप्परहरुका लागि छुट्टै बैकल्पिक सडक निर्माण गर्न पहल गर्ने
–घोराही–मसिना–सैघा–स्वर्गद्धारी पर्यटन मार्ग निर्माणका लागि पहल गर्ने
–रिहार–नारायणपुर–हापुर–निघुवार–विजौरी हुँहै रोल्पा होलेर जोड्ने सडक स्तरउन्नति सहित कालोपत्रे गर्न पहल गर्ने
–खैरा–बकुलाई–ढिकपुर–चैनपुर–मछाई–एकलघरुवा–कर्मटिया–भग्वार जोड्ने सडक स्तरउन्ति गर्दै कालोपत्रे गर्ने
–दामोदर सडक कालोपत्रेका लागि पहल गर्ने
–घोराही–गिठेपानी हुँदै रोल्पा होलरी जोड्ने सडक स्तरउन्नति गर्दै कालोपत्रे गर्न पहल गर्ने
–मज्गैं–गणेशपुर–चाचला हुँदै रोल्पा जोड्नेबाटोको स्तरोन्नति गर्दै कालोपत्रेको पहल गर्ने
–घोराही–धर्ना–धारपानि भित्रबाट सतबरिया हाइवे जोड्ने सुरुङमार्ग निर्माण गर्न पहल गर्ने
–मसिना–कटुवाखोला–सैघा–लाकुरीबजार हुँदै रोल्पा मसिना स्वर्गद्धारी जोड्ने सडक स्तरउन्नति सहति कालोपत्र्रे पहल गर्ने ।
–यस क्षेत्रमा रहेको मझौला तथा साना सडकहरुको स्तरउन्नति सहित कालोपत्रे गर्न पहल गर्ने
–घोराही–तुलसीपुर सडक खण्डाको सेवार र हापुर खोलामा पक्की पुल निर्माण गर्न यथाशीर्घ पहल गर्ने
–घोराही–बुधौरा–सौडियार जोड्ने सडक स्तरउन्नति सहित सेवार खोलमा पक्की पुल निर्माण गर्न पहल गर्ने ।
–घोराही–दह हुँदै मौलाकोट–श्रीचौर–तोष जोड्ने सडक स्तरउन्नति सहित कालोपत्रे गर्न पहल गर्ने
–अव्यवस्थित ढंगले भइरहेको शहरी विकासलाई रोकी व्यवस्थित शहरी क्षेत्र विकासका लागि अल्पकालिन, दीर्घकालीन योजना निर्माण गरी व्यवस्थित गर्न आवास, कृषि, उद्योग, वन, खाली क्षेत्रको पहिचान गरी व्यवस्थित गरिने छ ।
–शहरी क्षेत्रमा व्यवस्थित ढल निकासको व्यवस्था गर्ने ।
–हापुर खोला, गुज्रे खोला, सिस्ने खोला, कटुवा खोला, सेवार खोला, बवई नदी लगायतका ठाउँमा तटबन्ध निर्माण गरी प्राकृतिक प्रकोप र क्षतिलाई कम गर्ने ।

सिचाई

–माडी डाइभर्सन योजना छिटो भन्दा छिटो कार्यान्वयन गर्न विशेष पहल गरी यस क्षेत्रको सिचाईको आवश्यकतालाई पूरा गर्ने
–अव्यवस्थित तरिकाले निर्माण गरिएका ड्यामहरुको पूर्ण सुरक्षाको व्यवस्था गरी लिफ्ट प्रणालीद्धारा सिचाईको व्यवस्था मिलाउन पहल गर्ने
–सम्भावित ठाउँहरुमा डीप बोरिङ स्यालो ट्युवेल जडान गरी सिचाईको प्रवन्ध गर्न पहल गर्ने

खानेपानी
–घोरदौडा,सवारीकोट, माले, हात्तिखर्क, मौलाकोट, सैघा, ओवाङ, रज्य मन्नामे लगायतका बस्तिहरुमा समस्याको रुपमा रहेको स्वस्च्छ पिउने पानी समस्या समाधान गर्न लिफ्ट प्रणालीद्धारा खानेपानीको व्यवस्था गर्ने ।
–सबै वडाहरुमा रहेको प्राकृतिक मुहानहरुको संरक्षण गरी घर–घरमा स्वच्छ पिउने पानी पाइप जडित धाराको व्यवस्था गर्ने
– घोराही उपमहानगरपालिकाको खानेपानी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न भरपर्दो र नियमित स्रोतको पहिचान गरी व्यवस्थित गर्न पहल गर्ने ।
स्वास्थ्य
–यस उपमहानगरपालिकामा हाम्रो पार्टीको पहलमा स्थापित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पहल गर्ने
–जनयुद्ध र जनआन्दोलनका घाइते योद्धाहरुको आजिव उपचार पूर्ण रुपमा निशुल्क गर्न पहल गर्ने ।
– सबै वडाहरुमा रहेको स्वास्थ्य चौकि मार्फत जनतालाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न स्तरउन्नुति सहित दक्ष जनशक्ति र आवश्यक प्रविधिको व्यवस्था मिलाउन जोड दिने ।
–जेष्ठ नागरिक बालबालिका, बालबालिका, दीर्घरोगी, विपन्न वर्गलाई निशुल्क स्वास्थ्य परामर्श र निशुल्क उपचारको व्यवस्था मिलाउन पहल गर्ने
– सबै जनताले सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य केन्द्रहरु स्थापना गर्न पहल गर्ने
शिक्षा
–घोराही उपमहानगरपालिकालाई शैक्षिक केन्द्रको रुपमा स्थापित गर्न पहल गर्ने
–शिक्षा क्षेत्रमा बढ्दो निजिकरण र व्यापारिकणलाई अन्त्य गर्न सबै सामुदायिक विद्यालय, क्याम्पसको भौतिक पूर्वाधार निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष जोड दिने ।
–घोराही उपमहानगरपालिका भित्रका सबै विद्यालयहरुमा आवश्यक दरबन्दिको व्यवस्था गरी विषय विज्ञ शिक्षकहरुको व्यवस्था गर्न पहल गर्ने
–गरिब, विपन्न, शहीद, वेपत्ता, घाइते, अपांगका सन्तानलाई उच्च शिक्षा सम्म छात्रवृत्तिको व्यवस्था मिलाउन पहल गर्ने
– सबै विद्यालयहरुमा विद्यार्थीहरुको मानसिक एवम् शारिरीक विकासका लागि शैक्षिक समाग्रीका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार उपलब्ध गराउन विशेष पहल गर्ने
कृषि
– किसानहरुलाई अनुदानमा मल, बिऊ विजन, औषधी लगायतको व्यवस्था गर्न पहल गर्ने ।
–पशुपालन, तरकारी खेती, माछापालन, कुखुराको मासु तथा अण्डा उत्पादन, धान, मकै, गहुँ, तोरी, दलहन, मौरिपालन, बिऊ उत्पादन, फलफूल उत्पादनमा यस क्षेत्रका किसानहरुलाई आत्मनिर्भर बनाउन विशेष पहल र आवश्यक व्यवस्था मिलाउने ।
– किसानहरुद्धारा उत्पादित बस्तुको संकलन, भण्डारण र उचित मूल्यमा बजारिकणको सहज व्यवस्था निर्माण गर्न पहल गर्ने
–सबै वडाहरुमा त्यहाँको भौगोलिक अवस्था, हावा पानि र सम्भावित अध्ययन अनुसन्धान गरी कृषि पकेट क्षेत्रको निर्माण गरि उत्पादनमा वृद्धि गर्न जोड दिने ।
– किसानहरुले उत्पादन गरेको बस्तुको उचित मूल्य निर्धारण सहित सम्बन्धित ठाउँहरुबाट बजारिकण गर्न व्यवस्था मिलाउने
–कृषि फर्म सञ्चालन गरेका वा व्यक्तिगत रुपमा व्यावसायिक कृषि उत्पादनमा सहभागि किसानहरुको विमाको व्यवस्था गरी प्राकृतिक तथा दैविक प्रकोपबाट हुने क्षतिमा राहत प्रदान गर्ने व्यवस्था गर्ने
–कृषि सहकारी निर्माण गरी किसानलाई सबै प्रकारको सहयोग गर्ने योजना निर्माण गरी कार्यान्वयन गर्ने
–वास्तविक किसानहरुलाई मात्रै राहत तथा अनुदानको व्यवस्था गर्ने । अहिले भइरहेको कागजि किसानहरुलाई दिइने अनुदानको अन्त्य गर्न जोड दिने
उद्योग, व्यापार तथा पर्यटन
–कृषिमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षण, विकास र विस्तारमा जोड दिने
–घोराही–३ मा निर्माण गरिने औद्योगिक क्षेत्रलाई व्यवस्थित गर्न जोड दिने । स्थानीयलाई पहिलो प्राथमिकता राखि रोजगारीको सुनिश्चिततासँगसँगै स्थानीय जनतालाई प्रतिकुल नहुने गरी उचित व्यवस्थापनका लागि पहल गर्ने
–यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रको समग्र विकासका लागि आवश्यक पहल गरि आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने ।
–सिप सिकाइ तथा क्षमता अभिवृदिका लागि सरकारी तथ गैरसरकारी निकायसंग सम्मवन्य गरी तालिमको व्यवस्था गर्ने
–व्यापार व्यवसायको प्रवद्र्धन र उचित वातावरणका लागि भूमिका निर्वाह गर्ने

Facebook Comments