• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही नेपालकै पहिलो ‘बालमैत्री’ उपमहानगर घोषणा




हिमाल महरा
घोराही, २३ चैत । दाङको घोराही उपमहानरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानरपालिका घोषणा गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको सभागृहमा आज बुधबार एक औपचारिक कार्यक्रमका बीच घोराहीलाई सो उपमहानगर घोषणा गरिएको हो ।No description available.

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले घोराही उपमहानगरपालिकालाई नेपालकै पहिलो बालमैत्री उपमहानगर घोषणा गरेका हुन् ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

बाल बचाउन, बालअधिकार, बाल संरक्षण तथा बाल संरक्षणका सवाललाई पालन गर्दै बालमैत्री घोषणा गरिएकाको कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेको थिए ।

कार्यक्रममा बालमैत्री घोषणा कार्यक्रममा सघाउने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्पन्न एवं प्रशंशा पत्र प्रदा गरिएको थियो ।No description available.

बालमैत्री घोषणा पूर्व उपमहानगर कार्यालयबाट बाजा गाजासहित ¥यालीले बजार विभिन्न ठाउँमा परिक्रममा गरि बहुउद्देश्यी सभागृहमा पुगेर घोषणा सभामा परिणत भएका थियो ।

घोराही उपमहानगरपालिकाका नगर उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गरेका थिए ।

Facebook Comments