• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राज्यका महत्वपूर्ण तीन वटा अंगहरुले जनताको विश्वास गुमाउँदैः महासचिव पोख्रेल




घोराही, २२ चैत । नेकपा एमालेका महासचिव शंकर पोखे्रलले राज्यका महत्वपूर्ण तीन वटा अंगले जनताको विश्वास गुमाउँदै गएको बताएका छन् । प्रेस चौतारी दाङले मंलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यो राजनीतिक सेटिङबाट अदालत प्रभावित हुने प्रक्रियाबाट अदालतले आज आफ्नो विश्वास गुमाएको, सरकार अप्रभावकारी भएको र संसद आफ्नो भूमिका निर्बाह गर्न नसक्ने अवस्था पुगेकोे बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव पोख्रेलले आज सरकार सरकार जस्तो छैन्, अदालत अदालत जस्तो छैन र संसद संसद जस्तो छैन् भन्दै उनले राज्यका महत्वपूर्ण तीन वटा अंगहरुले जनताको विश्वस गुमाइ राखेको अवस्थामा त्यसको पुनस्र्थापित गर्ने विधि भनेको नयाँ जनादेश भएको बताए ।
बिगतमा भएको जनादेश खण्डीत भएको र कांग्रेसविरुद्ध प्राप्त भएको जनादेशलाई माधव कुमार नेपाल र पुष्प कलमल दाहल‘प्रचण्ड’ले कांग्रेसका पक्षमा समर्पित गर्ने अलोकतान्त्रिक कार्य भएको तथा नेपालको लोकतान्त्रिक आन्दोलनका लागि दुःखत पक्ष भएको उनको भनाइ छ ।

प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवं नेकपा एमालेका महासचिब शंकर पोख्रेलका प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका नेताहरु, दाङमा क्रियाशिल पत्रकार संगठनका प्रतिनिधिहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रेस चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिब किरण गौतमले गरेका थिए ।

Facebook Comments