घोराही, २१ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपती डा. विकास लामिछानेले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठान लागि परेको बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा परचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘प्रतिष्ठान जस्तो सेवा दिन हामी प्रयत्न गरि रहेका छौ’ उप कुलपती लामिछानेले भने । जसले गर्दा नागरिकले प्रतिष्ठान भएको महसुस गर्ने पाउने उनको भनाइ रहेको छ ।
नागरिकहरु सेवा लिनका लागि वाहिर जान नपरोस भन्ने उदेश्यका आफुहरुले काम गरि रहेको समेत उनले बताए ।
आफु यसै क्षेत्रको भएकाले समस्याका बारेमा जानकार रहेको बताउदै काम गर्दा हुने कमि कमजोरीका वारेमा सल्लाह सुझाव दिन समेत उनले आग्रह गरे ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मधुसुदन बैद्यले प्रतिष्ठानले शैक्षिक कार्यक्रमलाई छिट्टै अगाडि वढाउनु पर्ने बताए । संघका पुर्व अध्यक्ष तथा अस्पताल सरोकार समितीका संस्थापक अध्यक्ष चन्द्रराज पन्तले नागरिकलाई सहज सेवा प्रदान गर्न तर्फ प्रतिष्ठान अगाडि वढनु पर्ने बताए ।
‘प्रतिष्ठान यस क्षेत्रको आवस्यकता हो ’ पन्तले भने । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा राप्ती स्वास्थ्य प्रतिष्ठानका उप कुलपती डा. विकास लामिछाने, रजिष्टार प्रकास थापा, डाइरेक्टर डा प्रज्ञा बस्नेत, डिन डा सागर पन्थी, सहायक निर्देशक डा.एन्जिलिका कार्की, मेडिकल डाइरेक्टर डा रमेश कडेल लाइ संघले टिका र खादा लगाएर सम्मान समेत गरेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
