दाङ,२० चैत । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पार्टीलाई शशक्त रुपमा लैजानका लागि आज आइतबार नेकपा एस दाङले चुनाव परिचालन समिती गठन गरेको छ ।
आसन्न चुनावलाई मध्यनजर गरी नेकपा एसका दाङ्ग जिल्ला इन्चार्ज तथा केन्दि«य सदस्य जोग वहादुर राना संयोजक रहेको १ हजार १ सदस्यीय चुनाव परिचालन समिती गठन गरीएको हो । चुनाव परिचालन समिती मा केन्द्रीय सदस्यदेखि प्रदेश समिति,जिल्ला समिति,वडातहका पदाधीकारी र जनसंगठन का प्रमुखहरु रहेको नेकपा एसका दाङ्ग प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिनुभयो।
चुनावलाई मध्यनजर गर्दै जिल्लाका दश वटै पालिकामा चुनावी घरदैलो अभियानलाई तिव्र वनाइएको कुमालले बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।