प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधान न्यायाधीशको सरकारी निवास र नेपालराष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्षात्को फोहोर पानी र ढललाई व्यवस्थापन गर्न शुरु भएको निर्माण कार्यको मंगलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समास्या समाधान हुने बताउनु भएको हो ।
काठमाडौं महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्ने उदेश्यले निर्माण हुन लागेको ढल व्यवस्थापन कार्यको शिलान्यास गर्दै मन्त्रीचौधरीले आगामी आर्थिक वर्षमा मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार भित्र र बाहिर पनि ढलको व्यवस्थापनको कार्य अघि बढाईने बताउनु भयो ।
‘आगामी आर्थिक वर्षमा सिंहदरबार भित्र र वरिपरीको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुननिर्माण गुरु योजनालाई असर नपर्ने गरी काम अघि बढाउँछौं’, मन्त्री चौधरीले भन्नु भयो, ‘महत्वपूर्ण स्थानहरुमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको कार्य सरकारले अगाडि बढाउने छ ।’
निर्धारित समय अगाडि नै ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’पाउने र स्थानीय वासिन्दा तथा बालुवाटार क्षेत्रको सडक प्रयोगकर्ताले सुविधा पाउने मन्त्रीचौधरीले बताउनुभयो ।
मन्त्रीचौधरीले निर्धारिक समयभन्दा अगाबै र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै स्थानीय वडाका जनप्रतिनिधिको साथ र सहयोगबाट आयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
खानेपानी सचिव सुरेश आचार्याले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौं महानगर पालिकाका तीन वटा वडाका वासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्तिपाउने भन्दै सडक प्रयोगकर्ताले पनि सुविधा पाउने बताउनुभयो ।
सचिवआचार्याले एक हजार दुई सय मिटर लामो ढल बालुवाटार क्षेत्रबाट वडा नं २ को सुकुनामार्ग हुँदै टुकुचामा पुर्याइने बताउनु भयो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले प्रधानमन्त्री निवाससहित भिभिआईपीको सरकारी निवास क्षेत्र र महानगरको २,३ र ४ कानौं हजार दुई सय ४६ घर परिवारले आयोजनाबाट लाभान्वितहुने बताउनु भयो ।
निर्देशक सापकोटाले सो आयोजनालाई १५ महिनाभित्र सम्पन्न गर्ने गरी समानान्तर निर्माण कम्पनीलाई १० करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको बताउनु भयो ।
काठमाडौं महानगरपालिका वडा नं ४ स्थित ललितानिवास छेउमा बालुवाटार ढल तथा वर्षातको पानीव्यवस्थापनकार्यको शिलान्यासपछि महानगरका २ नं वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ढल आयोजनालाई निधारित समयमा सम्पननगर्न वडाबासीको तर्फबाट आफूले सहयोग, साथ र समर्थन गर्ने बताउनु भयो ।
समानान्तर निर्माण कम्पनीका अध्यक्ष अच्युत प्रसाद खरेलले आयोजना कार्यान्वयन निर्देशनालयले तोकेको अधिकतम लागत १९ करोड २९ लाख भन्दा कममा आफूहरुले घाटा खाएर ठेक्का लिएपनि आगामी वर्षातको समय अघि नै गुणस्तरमा सम्झौता नगरी कामगर्ने बताए ।
उनले यसै क्षेत्रको नेपाल राष्ट्र बैंकको संरचनापनिआफ्नै कम्पनीलाई पाएर कामगरिरहेको हुनाले सुरक्षा संवेदनशिलतालाई समेत हेरेर घाटा भएपनि ठेक्का सम्झौताकर्यान्वयनगर्ने प्रतिवद्धता जनाए ।
बालुवाटार क्षेत्रमा ढल र बर्षात्को पानीव्यवस्थितगर्न नसक्दाआवास क्षेत्र र सडक ढल र पानीको कारण जलमग्नहुने र घर भित्र पस्ने समस्या छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको एक नम्वर गेटबाटै बालुवाटरको उत्तरी क्षेत्रबाट आउने वर्षात्को पानीनिवासभित्र पस्ने गर्दछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।