जगत खनाल
भालुबाङ, १४ चैत । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाएका छन् ।
राप्ती गाउपालिका वडा नम्बर ०२ लालमटियामा संचालन भैरहेको राप्ती चौथो ब्यापारीक पर्यटन तथा कृषि महोत्सव २०७८ को आज चौथो दिन गायक शर्माले आफ्नो प्रस्तुति दिएका थिए ।
आफ्ना चर्चित लोक गित मलाइ अमेरिका यहि लगायतका चर्चित गित मार्फत हजारौं दर्शकलाइ मनोरञ्जन दिएका थिए ।
यसैगरि लोकदोहोरी गाइका मन्जु भट्टराई , गायक तथा मोडल धन बहादुर गुरुङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
कृषि पर्यटन कला संस्कृतीको पहिचान राप्ती चौथो ब्यापारिक पर्यटन तथा कृषि महोत्सव २०७८ ज्ञान भन्ने मुल नाराका साथ राप्ती उद्योग बाणिज्य संघ , भालुबाङ द्वारा संचालित महोत्सव चैत ११ गते सुरु भै चैत २२ गते सम्म चल्ने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।