घोराही,१२ चैत । सेवा इन्टरनेशनल एजुकेशन प्रालिले रक्तदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । घोराहीको तुलसीपुर चोकमा रहेको प्रालिले शनिबार तुलसीपुरको गणेश पार्कमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
सेवा इन्टरशेनल एजुकेशन प्रालिका घोराही शाखाका प्रमुख मनोज पौडेलको अध्यक्षतामा भएको थियो ।
शाखा कार्यालयमा जापानको सिआई आएको तथा भिजा अप्लाई गरिरेका विद्यार्थीहरुबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने उद्देश्यले रक्तदान तथा वनभोज कार्यक्रमको आयोजना गरिएको र सो अवसरमा २५ जनाले रक्तदान गरेको एजुकेशनका प्रमुख पौडेलले जानकारी दिए ।
कार्यक्रममा रक्तदान गर्नेमा एजुकेशनका प्रमुख पौडेलले, रमेश खड्का, बेदप्रशाद विक, टिकारम पुन मगर, विशाल नेपाली, सिजन बुढा मगर विनोद रावल लगायत रहेका छन् ।
उक्त कार्यक्रममा ४० जनाले रक्तदान गर्ने लक्ष्य लिएको भएतापनि केही विद्यार्थीले भर्खर कोरोनाविरद्धको बुस्टर डोज लगाएको हुँदा २५ जनाले मात्र रक्तदान गर्न सफल भएको एजुकेशन प्रालिले जनाएको छ । नेपाल रेडक्र शोसाइटी दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको पनि प्रालिले जनाएको हो ।
शिक्षक दिपेन वलीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण जनकराज डिसीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।