• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाउँमै तालिम पाएपछि ११ जना युवाहरु हाउस वायरिङमा दक्ष




सल्यान, १२ चैत । आफ्नै घर आगनमा तालिम लिएर सल्यान कपुरकोट गाउँपालिका १ लामपोखराका ११ जना युवाहरु हाउस वायरिङ गर्न सक्षम भएका छन् । कपुरकोट गाउँपालिकाले लामपोखरामा एक महिने तालिम सञ्चालन गरेपछि उनीहरु हाउस वायरिङमा दक्ष बनेका हुन् ।

गाउँमा विद्युत विस्तारको काम भइरहेको अवस्थामा सिप सिकेर ९ घरमा सफल रुपमा वायरिङ समेत गरिएको सहभागी दिपेन्द्र विएमले बताए । उनले आफ्नै गाउँ घरमा सिप सिक्न पाएकोमा खुसि ब्यक्त गर्दै व्यवशायीक रुपमा अगाडि बढ्ने बताए ।

हाउस वायरिङ सिप विकास तालिमको शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको हो । सो अवसरमा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले युवालाई आफ्नै क्षेत्रमा रोजगारीका अवसर सिर्जना गराई आत्मनिर्भर बनाउनसीप मूलक तालिम आयोजना गरिएको बताए । सिपले मानिसलाई सफल जीवन विताउन सहयोग गर्ने भएकाले सिकेको सिपलाई व्यवहारमा उतारेर व्यवशायीक बन्नुपर्नेमा अध्यक्ष सेनले जोड दिए ।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सिकेको ज्ञान, सीप मार्फत गुणस्तरिय सेवा दिएर स्वरोजगार बन्नुपर्ने बताइन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर शाही, वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्का, वडा सदस्य बम बहादुर कवर लगाएतले मन्तव्य राख्दै सिकेको सिपलाई व्यवहारमा लागू गरी उद्यमशिल बन्न सहभागिहरुलाई शुभकामना दिएका थिए । गत फागुन १२ गतेदेखी शुरु भएको तालिमको प्रशिक्षकमा डम्बर विष्ट थिए ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकाले अहिले विभिन्न सिप विकासका तालिमहरु सञ्चालन गरिरहेको गाउँपालिकाका कार्यक्रम संयोजक दिपेन्द्र कुमार शाहीले जानकारि दिए ।

यसैविच कपुरकोट ४ मा सञ्चालन गरिएको १० दिने डल तथा कुशन बनाउने तालिम पनि शुक्रबार नै समापन गरिएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । तालिममा ६ जना महिलाहरुले सजावटका सामग्रीहरु डल तथा कुशन बनाउन सिकेको उद्यम विकास सहजकर्ता वाल कुमारी पुनले जानकारि दिइन् ।

 

 

Facebook Comments