• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा गाउँपालिकाद्वारा संचालित बंगलाचुली अस्पताल उद्घाटन 




कमिरेचौर ११ चैत ।   पुर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य कृष्ण बहादुर महराले बंगलाचुली गाउँपालिका द्वारा संचालित बंगलाचुली अस्पताल भवनको उद्घाटन गर्नु भएको छ ।                                   बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षता एवं पुर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको हो ।

सो अवसरमा बोल्दै पूर्व सभामुख कृष्ण बहादुर महराले बंगलाचुली अस्पतालले जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा पुराउनका लागि सबैको ध्यान जान आवश्यक रहेको बताउनु भएको छ । उहाँले बंगलाचुली अस्पतालको गुणस्तरिय सेवाका लागि आफ्नो पनि ध्यान जाने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका महराले बंगलाचुलीको विकासका लागि आफुले धेरै गरेको बताउनु भयो । साथै उहाँले बंगलाचुली गाउँपालिका आफ्नो घर जस्तो रहेको भन्दै यहाँको विकासका लागि आफुलाई नैकुरेर बसेको भन्दै बंगलाचुलीको विकासका लागि आफुले कुनैपनि कुरामा कमिहुन नदिने बताउनु भयो ।

पुर्व समभुख समेत रहनु भएका महराले बंगलाचुली प्राकृतिक चिकित्साको उत्तम थलोरहेको बताउनु भयो । बंगलाचुलीको प्रकृतिलेनै बिरामीको आधारोग निको हुने बताउँदै यहाँ एउटा प्राकृतिक चिकित्साको शाखा पनि खोल्न पनि अनुरोध गर्नु भयो ।

गत बर्षको चुनावमा आफुले जनताको माझमा गरेको बाचा घोराही मुर्कुटी सडक खण्ड कालोपत्रे गर्ने काम गरेको तर अहिले सिमेन्ट खानिका कारण केही समस्या रहेको बताउनु भयो । अहिले सडकको अवस्था सुधारका लागि विभिन्न तहमा छलफल चलिहरको र समस्या छिटै समाधान हुने उहाँकाले जानकारी गराउनु भयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वली, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डे ,गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक शोभाराज विक, नेपाली काग्रेसका सभापती जागेश्वर अधिकारी,नेकपाका भिम बहादुर राना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष सुमन घर्ती , निर्माण व्यवसायी विष्णु गौतम लगाएतले बोल्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष मेघ बहादुर राना, ४ का अध्यक्ष नारायण डाँगी,५ का अध्यक्ष यनुराज खत्री,७ का अध्यक्ष गिर बहादुर थापा, कार्यपालिका सदस्या, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य , दाङ जिल्ला संयोजक तुलसीराम पुन, बंगलाचुली गाउपालिका लेखा अधिकृत नारायण प्रसाद आचार्य , बंगलाचली अस्पताल कमिरेचौरका डाक्टर बसन्त शाह, सुचना अधिकृत गोपाल के सी ,नेकपा माओवादी केन्द्र बंगलाचुली अध्यक्ष डोमाकान्त कवर , नेपाल रेडक्रस सोसाइटी कमिरेचौर सभापति चुरामणि नेपाली ,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,स्वास्थ्य स्वयसेवीका,आमासमुह , स्थानिय अगुवा व्यक्तिहरुको उपस्थित रहेको थियो ।बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापा घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले गर्नुभएको थियो ।

Facebook Comments