होलेरी । रोल्पाको होलेरीमा विश्व क्षयरोग दिवस मनाइएको छ ।
क्षयरोग अन्त्यको लागि लगानी बढाऔ, जीवन बचाऔ भन्ने मुल नाराको साथमा रुन्टीगढी गाउँपालिकाको आयोजनामा बिहिवार होलेरीमा सो दिवस मनाइएको हो ।
रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगतबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका वडा नं १ का अध्यक्ष मिनबहादुर थापा, ७ नं का अध्यक्ष जंगबहादुर घर्ती लगायत विभिन्न स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीको उपथिती रहेको बताइएको छ ।
उक्त कार्यक्रममा क्षयरोगलाई नियन्त्रण गर्नको लागि गर्नुपर्ने कार्यको बारेमा छलफल भएको थियो।
कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखाका मालती बस्नेतले गर्नुभएको जानकारी प्राप्त भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।