• २ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिपन्न बालबालिकालाई बिद्यालय पाेशाक, झाेला र शैक्षिक सामग्री बितरण




रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाकाे एक बिद्यालयका बालबालिकाहरुलाई बिद्यालय पाेशाक, झाेला र शैक्षिक सामग्री बितरण गरिएको छ ।No description available.

एस.पि.सी. क्यानाडाको सहयोग र नगरपालिकाकाे समन्वयमा नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरले मुसिकोट नगरपालिकाकाे वडा नम्बर ८ स्थीत श्री शाइकुमारी आधारभूत बिद्यालयका बालबालिकालाई बिद्यालय पाेशाक, झाेला र शैक्षिक सामग्री बितरण गरेको हाे ।

यहि चैत ९ गते बुधबार एक कार्यक्रमकाे आयाेजना गरि जाेखिममा रहेका वालवालिकाहरुकाे राहत सहयाेग स्वरुप बिद्यालय पाेशाक, झाेला र शैक्षिक सामाग्री बितरण गरिएको बताइएकाे छ । दुर्गम क्षेत्रका गरिब तथा बिपन्न बालबालिकाहरुलाई थोरै भएपनि राहात होस् भन्ने उद्देश्यले श्री शाइकुमारी आधारभूत बिद्यालयका ७१ जना बालबालिकालाई बिद्यालय पाेशाक, झाेला र शैक्षिक सामग्री बितरण गरिएकाे आयाेजकले जानकारी दिएकाे छ ।No description available.

नगर प्रमुख देबीलाल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरका अध्यक्ष ओम प्रसाद सुब्बा, कोषाध्यक्ष मुकुन्द कुमार शर्मा, कार्यकारी निर्देशक रोमी केसी, अप्रेशन मेनेजर बबिता राई, जिल्ला संयाेजक सेतलाल सुनार, आपतकालिन प्रतिकार्य अधिकृत रुबेन शर्मा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मन बहादुर गिरी, प्रधानाध्यापक खेलमता कठायत लगायत शिक्षक, विद्यार्थी, स्थानीयबासी र पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

वडा नम्बर ८ का अध्यक्ष बुद्धि प्रसाद बुढाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरका स्थानीय परिचालक सूर्य शर्माले गर्नु भएकाे थियाे ।

Facebook Comments